करेन्ट लागेर मकवानपुरमा एकजनाको मृत्यु

आइतबार, १८ चैत, २०८०
डिजिटल संस्करण

मकवानपुरको बागमती गाउँपालिकामा करेन्ट लागेर आइतबार एकजनाको मृत्यु भएको छ।

मकवानपुर प्रहरीका अनुसार गाउँपालिकाको वडा नम्बर ८ कायरमा करेन्ट लागेर स्थानीय ५५ वर्षीय देवराम रुम्बाको मृत्यु भएको हो।

मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार बारीमा मकै हेर्न गएका रुम्बालाई करेन्ट प्रवाह भएको भुइँमा लत्रिएको बिजुलीको नांगो तारबाट करेन्ट लागेको हो।

बारीमा घुम्दै गर्दा एक्कासि करेन्ट प्रवाह भएको तार छुन पुग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता भण्डारीले बताए। रुम्बाको शव पोस्टमार्टमका लागि हेटौँडा अस्पतालमा राखिएको छ।

सुझावित समाचार