१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
मुख्य समाचार डिजिटल संस्करण

एमडिएमएसमा ९१ करोड ९८ लाख भ्रष्टाचार : दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध मुद्दा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १५ बिहीबार १६:२१:००

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध मुद्दा दायर गरेको छ। 

अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा र पुरुषोत्तम खनालसहित २० जनाविरुद्ध ९१ करोड ९८ लाख भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

दुई अध्यक्ष झा र खनालसहित आनन्दराज खनाल, दीपेश आचार्य, सुरेन्द्र हाडा, सुरेन्द्र बस्नेत, रेवतीराम पन्त, सन्दीप अधिकारी, मीनप्रसाद अर्याल, विजयकुमार राय यादवलगायतलाई विपक्षी बनाइएकाे छ। 

सञ्चार मन्त्रालयका सहसचिव गौरव गिरी नेतृत्वको चार सदस्यीय छानबिन समितिले एमडिएमएस खरिद प्रक्रियाको प्रस्थान विन्दुबाटै अनियमितता सुरु भएको निष्कर्ष निकाल्दै प्रतिवेदन पेस गरेकाे थियाे। 

गत मंसिरमै अनुसन्धान सकेर समितिले सञ्चारमन्त्री रेखा शर्मालाई बुझाएको प्रतिवेदनमा प्राधिकरणले मालसामान वा वस्तु खरिदलाई पनि ऐन तथा नियमावलीविपरीत परामर्श सेवामा परिणत गरी अनियमितता गरेको ठहर गरेकाे थियाे। 

प्राधिकरण नेतृत्व, पदाधिकारी र कर्मचारीहरू खरिद कानुन र त्यसको अभ्यासमा संवेदनशील नभएको, प्राधिकरणसँग खरिदसम्बन्धी प्राविधिक क्षमता अत्यन्त कमजोर रहेको, सम्बद्ध तथा सरोकारवालाहरूसँगको अन्तर्सम्बन्ध र समन्वय नभएको, कामको नियमित अनुगमन, मूल्यांकन र परीक्षणको संयन्त्र नभएकोलगायतका कमजोरी औँल्याउँदै छानबिन समितिले त्यस्ता पदाधिकारी, कर्मचारी तथा परामर्शदातासमेतलाई कारबाहीको सिफारिस गरेको थियाे।