सशस्त्र प्रहरीका इन्स्पेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सोमबार, १० बैशाख, २०८१
डिजिटल संस्करण

सशस्त्र प्रहरीका इन्स्पेक्टर प्रकाशबहादुर चन्दविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। चन्दले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोग छ।

पछिल्लो समय ३६ नम्बर गण डोटीमा कार्यरत चन्दले उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषदबाट हाइस्कुल उत्तीर्ण गरेको भनेर नक्कली प्रमाणपत्र पेस गरेको छानबिनमा पुष्टि भएको अख्तियारले जनाएको छ । उनी सशस्त्र प्रहरी परिचरमा भर्ना भई इन्स्पेक्टर पदसम्म बढुवा भएका थिए।

सुझावित समाचार