१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत १४ बुधबार ११:२९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

वसन्तमा कस्ता फूल रोप्ने ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत १४ बुधबार ११:२९:००

वसन्त ऋतु लाग्नासाथ पालुवा पलाउन थाल्छ । फुल फुल्न थाल्छन् । बिरुवा हुर्काउन पनि यो उत्तिकै राम्रो मौसम हो । किनकि, यतिवेला सूर्यको प्रकाश धेरै अवधिसम्म मिल्छ । जसकारण, बिरुवा चाडैं फक्रन पाउँछ । त्यस्तै, यतिवेला तापक्रम पनि न्यानो हुन्छ । पानीको उपलब्धता पनि अन्य समयको तुलनामा धेरै हुन्छ । जसले बिरुवालाई हुर्कन सहयोग गर्छ । त्यहीकारण यस मौसममा उपयुक्त हुने बिरुवा ल्याएर रोप्न सकिन्छ । सहरमा सानो स्पेसमै बगैँचा बनाउनुपर्ने हुन्छ । केही फूल त्यस्ता छन्, जसलाई घरको प्रवेशद्वार, बार्दली वा कोठाभित्रै पनि राख्न सकिन्छ । 

प्रवेशद्वार : घरको बगैँचामा चमेलीको फूल रोप्न सकिन्छ । अरब चमेली, सेतो चमेली, वन चमेली, शीतकालीन चमेली, स्पेनिस चमेलीलगायत विभिन्न प्रजाति र रङमा चमेलीका फूल पाइन्छन् । यो फूल वसन्त ऋतुको आगमनदेखि शरद ऋतुसम्म फुल्छ । यो निकै आकर्षक र बासनादार पनि हुन्छ । त्यसैले अतिथिको स्वागतका लागि यसलाई घरको प्रवेशद्वारमा पनि रोप्ने चलन छ । आवश्यक तापक्रम मेन्टेन गरेर यसलाई घरभित्र पनि रोप्न सकिन्छ । 

बार्दली : घरको बार्दली वा छतमा तपाईंले हिबिस्कस रोप्न सक्नुहुन्छ । यो फूल वर्षमा नौ महिना फुल्छ । त्यस्तै, दुई महिना पात झरेर फ्लावरिङ साइजमा आउँछ । बार्दलीमा निल ज्याक, क्यामेलिया रोजलगायत पनि रोप्न सकिन्छ । क्यामेलिया रोजमा काँडा हुँदैन । यो एभरग्रिन प्लान्ट हो । 

कोठाभित्र : एरिका पाम कोठाभित्र रोप्नु राम्रो हुन्छ । यसले हावा शुद्धीकरण गर्छ । कोठाभित्र फिडेल पिग, रबर प्लान्ट, मनिप्लान्ट ब्याम्बो प्लाम, स्नेक प्लान्ट, स्पाइडर प्लान्ट, पोथोस, स्टारफिसलगायत बिरुवा रोप्न सकिन्छ ।