१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o६:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : बालकको फलफूल खाने रहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o६:o६:oo

एक बालकले पितासित फल खाने जिद्दी गरे पनि साथमा पैसा नभएकाले उनले छोराको इच्छा तत्काल पूरा गर्न सकेनन् । भारी बोक्ने काम गर्ने पिताले अर्को दिन केही पैसा कमाएपछि छोराको इच्छा पूरा गर्न उनलाई फलफूल किनेर ल्याउन अह्राए । बालक पनि पैसा पाएपछि दंग पर्दै बजारतिर गए । 

बालकले बाटामा केही यस्ता मानिस देखे, जसको शरीरमा एकसरो लुगासम्म थिएन । उनीहरूलाई देख्दा कैयौँ दिनदेखि केही खाएका छैनन् जस्तो लाथ्यो । फलफूल किन्ने खुसियालीमा रमाउँदै, उफ्रिँदै बजारतिर लागेका बालकले ती मानिसलाई देखेपछि उनको मन दुःखी भयो । उनलाई ती मानिसको दुःख देख्दा फलफूल खान मन लागेन । उनले फलफूल किन्ने सोच त्यागिदिए र साथमा ल्याएको पैसा तिनै मानिसलाई दिएर घर फर्किए । 

फलफूल नकिनी छोरा घर फर्किएपछि पिताले सोधे– खै त फलफूल ? कि सबै उतै खायौ ? बालकले सबै यथार्थ विवरण पितालाई सुनाए । उनले भने– बाबा, ती मानिस त हामीभन्दा पनि दुःखी देखिन्थे । तिनको शरीरमा त लुगा पनि थिएन । त्यसैले, मलाई फलफूल खान मन लागेन । अनि, सबै पैसा उनीहरूलाई दिएँ । बालकका कुरा सुनेर पिता निकै खुसी भए । उनले भने– बाबु, आज तिमीले सामान्य फल होइन, अमर फल प्राप्त गरेका छौ । तिमी जीवनमा ठूला मानिस बन्नेछौ ।

ad
ad