१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० पौष १६ सोमबार ११:४६:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

तरकारी फलफूल साकोसको लाभांश पारित

Read Time : < 1 मिनेट
२०८० पौष १६ सोमबार ११:४६:००

तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यलाई १५.५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको २४औँ साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । तरकारी फलफूल साकोस कालीमाटी फलफूल तथा तरकारी बजारका व्यापारी–व्यवसायीले सञ्चालन गर्दै आएको सहकारी हो । 

संस्थाका अध्यक्ष दुर्गालाल श्रेष्ठका अनुसार आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म उक्त सहकारीले ४६ करोड एक लाख ९८ हजार आठ सय ४२ रुपैयाँ ऋण लगानी गरेको छ । यस्तै, सोही अवधिमा तीन करोड ५४ लाख ६ हजार दुई सय ५४ रुपैयाँ सञ्चालन मुनाफा छ भने १० करोड ९३ लाख ३४ हजार दुई सय ५९ रुपैयाँ जगेडा तथा अन्य कोषमा छुट्याएको छ ।

साधारणसभामा सदस्यका २२ जना बालबालिकालाई एसइई अवार्ड वितरण गरिएको व्यवस्थापक सृष्टि श्रेष्ठले जानकारी दिइन् । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले उद्घाटन गरेको कार्यक्रममा सहकारी विभागका पूर्वरजिस्ट्रार केशवबहादुर थापा र वरिष्ठ बजारविज्ञ उद्धव ढुंगानालाई सम्मान गरिएको थियो । 

त्यसैगरी, असल बचतकर्ता अवार्डबाट कविता श्रेष्ठ, विन्दुलाल श्रेष्ठ, लक्ष्मण श्रेष्ठ र आकृति लामा, असल ऋणी सम्मानबाट सुनीता गोपाली, भरतप्रसाद पुडासैनी, मदन श्रेष्ठ र प्रसिद्धा स्याङ्तानलाई सम्मान गरिएको थियो । बजार प्रतिनिधिका रूपमा कार्यरत कर्मचारी मन्दिरा बिडारीलाई नगद पुरस्कारसहित उत्कृष्ट कर्मचारी अवार्ड प्रदान गरिएको थियो ।