१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत १३ मंगलबार १४:००:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

आयरल्यान्ड ‘ए’विरुद्ध नेपालको सय रन पूरा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत १३ मंगलबार १४:००:००

टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’सँगको दोस्रो म्याचमा टस जितेर ब्याटिङ गरिरहेको नेपालले सय रन पूरा गरेको छ । नेपालले ११.२ बलमा तीन विकेट गुमाउँदै सय रन पूरा गरेको हो । 

अहिले क्रिजमा कप्तान रोहितकुमार पौडेल र अलराउन्डर गुल्सन झा छन् । दुवैले तीव्र गतिमा रन बनाइरहेका छन् । पावरप्ले (६ ओभर)भित्र दुई विकेट गुमाएर ५१ रन बनाएको नेपालले त्यसपछि तीव्र गतिमा रन जोडिरहेको छ । 

त्रिवि कीर्तिपुरस्थित खेलमैदानमा जारी खेलमा रोहित र गुल्सनले ठूलाठूला सट खेलिरहेका छन् । त्यसो त नेपालले सुरुवातमा पनि ठूला सट खेल्दै आयरल्यान्ड ‘ए’लाई दबाबमा राखेको थियो । ओपनर कुशल भुर्तेल र आसिफ सेखले ठूलाठूला सट प्रहार गर्दै नेपाललाई गतिलाे सुरुवात दिलाएका थिए । तर, त्यसलाई ठूलो स्कोरमा परिणत गर्न सकेनन् । 

आसिफ ११ रन र कुशल १६ बलमा २५ रन बनाएर आउट भए । नेपालले २.३ ओभरमा ३४ रनको स्कोरमा पहिलो विकेटका रूपमा आसिफलाई गुमाएको थियो । 

आसिफ आउट भएपछि अनिल साह मैदान प्रवेश गरेका थिए । नौ रन जोड्दा नै नेपालले कुशललाई गुमाउन पुग्यो । कुशलले दुई छक्का र दुई चौका तथा आसिफले एक छक्का र एक चौका प्रहार गरे । आजको खेलमा मौका पाएका अनिलले पनि मौका गुमाए । उनी ११ बलमा दुई चौकासहित १२ रन बनाएर आउट भए ।