१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
तस्बिर : ज्ञानेन्द्र कार्की ।
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ४ शुक्रबार १४:५८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

आयरल्यान्ड ‘ए’विरुद्ध नेपालले पायो २२३ रनको कठिन लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:५८:oo

तीन म्याचको टी–२० शृंखलाको पहिलो म्याचमा आयरल्यान्ड ‘ए’ले सानदार ब्याटिङ गर्दै नेपाल ‘ए’लाई जितका लागि दुई सय २३ रनको कठिन लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय २२ रन बनायो ।

आयरल्यान्ड ‘ए’का लागि विकेटकिपर ब्याटर पिटर मुरले सर्वाधिक ४९ रन बनाए। ३२ बल सामना गरेका मुरले तीन छक्का र चार चौका प्रहार गरे। केड कारमाइकल र कप्तान निल रकले समान ३८ रनको योगदान दिए। स्टेफन डोहेनी र ग्यारेथ डेल्नी र ग्याभिन होएले विस्फोटक ब्याटिङ नेपालसामु कठिन लक्ष्य खडा गरे। 

डोहेनीले १६ बलमा ३४, डेल्नीले १४ बलमा ३० र  होएले ६ बलमै १८ रन बनाए। बलिङमा नेपालका लागि दुई वर्षपछि टिममा कमब्याक गरेका कमलसिंह ऐरीले चार ओभरमा ३९ रन खर्चेर तीन विकेट लिए। सागर ढकाल र आरिफ शेखको नाममा एक–एक विकेट रह्यो।

नेपालका सबै बलर आयरन्यान्डका ब्याटरसामु निरीही देखिए। आफ्नो तेस्रो ओभरसम्ममा निकै किफायती बलिङ गर्दै जम्मा ११ रन दिएका सागर ढकालले इनिङको अन्तिम ओभरमा २३ रन दिए। 

आफ्नो अन्तिम ओभरको पहिलो बलम व्यक्तिगत तेस्रो विकेट निकालेका कमलले १६ रन दिए।

ad
ad