१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ३ बिहीबार १३:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

पावरप्लेमा दुवै ओपनर गुमाएर नेपालले बनायो ५१ रन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १३:३३:oo

टेस्ट राष्ट्र आयरल्यान्ड ‘ए’सँगको दोस्रो म्याचमा नेपालले पावरप्लेभित्र दुई विकेट गुमाएर ५१ रन जोडेको छ । 

त्रिवि कीर्तिपुरस्थित खेलमैदानमा जारी तीन टी–२० म्याचको शृंखलाको दोस्रो म्याचमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो । नेपाली ओपनर आसिफ शेख र कुशल भुर्तेलले विस्फोटक सुरुवात गरे पनि त्यसलाई ठूलो स्कोरमा परिणत गर्न भने सकेनन् । 

आसिफ ११ रन र कुशल १६ बलमा २५ रन बनाएर आउट भए । नेपालले ३४ रनको स्कोरमा पहिलो विकेटका रूपमा आसिफलाई गुमाएको थियो । यसवेला जम्मा २.५ ओभर भएको थियो । 

आसिफ आउट भएपछि अनिल साह मैदान प्रवेश गरेका थिए । नौ रन जोड्दा नै नेपालले कुशललाई गुमाउन पुग्यो । कुशलले दुई छक्का र दुई चौका तथा आसिफले एक छक्का र एक चौका प्रहार गरे । 

ad
ad