Skip This
गरिब घरपरिवारको तथ्यांक संकलन गर्दै काठमाडौं महानगर
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १२ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १२ सोमबार o६:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

गरिब घरपरिवारको तथ्यांक संकलन गर्दै काठमाडौं महानगर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १२ सोमबार o६:३१:oo

काठमाडौं महानगरपालिकाले यही २५ चैतदेखि गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्यांक संकलन गर्ने भएको छ । त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरिवेक्षकको तालिमका लागि प्रशिक्षक प्रशिक्षण दिइसकेको जनाएको छ ।

महानगरका सामाजिक विकास विभागका निमित्त प्रमुख विमला कोइरालाका अनुसार तालिमबाट प्रशिक्षक बनेका अधिकारीहरूले २० चैतदेखि गणक र सुपरिवेक्षकलाई तालिम दिनेछन् ।

यस कार्यमा खटिने गणक र सुपरिवेक्षकका रूपमा काम गर्न इच्छुकका लागि निवेदन दिन १६ मंसिरमा महानगरले सार्वजनिक सूचना जारी गरेको थियो । प्राप्त आवेदनबाट योग्यताका आधारमा गत १४ माघमा उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशन गरिएको थियो ।

गत २१ देखि २४ माघसम्म महानगरले लिएको अन्तर्वार्ताबाट गत १७ फागुनमा योग्यताक्रमको अन्तिम नतिजा प्रकाशन भएको थियो । जसबाट २१ सुपरिवेक्षक र दुई सय नौ गणक छनोट भएका थिए ।