Skip This
एमाले कञ्चनपुरको पदाधिकारीमा उम्मेदवारी दिएका नेता सदस्यमा चयन 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ११ आइतबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o चैत ११ आइतबार १७:२३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले कञ्चनपुरको पदाधिकारीमा उम्मेदवारी दिएका नेता सदस्यमा चयन 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o चैत ११ आइतबार १७:२३:oo

नेकपा एमाले कञ्चनपुरको उपाध्यक्ष, सचिव र उपसचिवमा उम्मेदवारी दिएका नेता कार्यकर्तालाई सदस्यमा चयन गरिएको छ।

१ चैत्रदेखि सुरु भएको एमाले कञ्चनपुरको ९औँ अधिवेशनमा उपाध्यक्ष, सचिव र उपसचिवमा उम्मेदवारी दिएका नेता-कार्यकर्ता सदस्यमा चयन गरिएका हुन्। 

उम्मेदवारी दर्ता भएपछि सहमति आधारमा नेतृत्व पदाधिकारी एवं सदस्य छनोटको शीर्ष नेताबाट दबाब परेपछि अध्यक्षकै लागि देखिएका अशोककुमार चन्द उपसचिव, उपाध्यक्षमा उम्मेदवारी दिएका विष्णु कँडेल, सचिवमा उम्मेदवारी दिएका राधाकृष्ण जोशी(ज्वाला)सहित उपसचिवमा उम्मेदवारी दिएका एक मात्रै नेता उपसचिवको जिम्मेवारी पाएका छन् भने अधिकांश सदस्यमा चयन गरिएका हुन्। 

उपसचिवमा उम्मेदवारी दिएका जगतसिंह कुमारी, लक्ष्मी भट्ट, आरपी सार्की, केशव चन्द, लोकेन्द्रप्रसाद पन्त, चन्द्रसिंह कार्की, खिमा चन्द, भारमल सुनार सदस्यमा चयन गरिएका छन्।८औँ अधिवेशनमा जिल्ला सदस्यमा निर्वाचित भएपछि ९औँ अधिवेशनबाट उपाध्यक्षका उम्मेदवार विष्णु कँडेलले पार्टीको सल्लाहअनुरूप आफूले उपाध्यक्ष त्यागेर पुन सदस्यमै जिम्मेवारी दिन सहमत भएको बताए। 

‘म विगतमा जिल्ला सदस्य हुँदा सचिवालयदेखि आर्थिक संयोजक भएर काम गरे, यसपटक पनि मैले  पदाधिकारीमा जाने निधो गरेको थिएँ, तर पार्टीलाई सहमतिमा लैजानुपर्छ भन्ने सबैतिरबाट नेता-कार्यकर्ताको भावना आयो, मैले पनि माथि छाडेर सदस्य बस्न सहमत भएको छु।’ 

आफू सदस्य भए पनि भीमदत्त नगरपालिकामा नेतृत्व हार्दासमेत आफ्नो वडा भीनपा १८ जिताउन सफल भएपछि उपाध्यक्षमा देखिएको बताए। ‘पार्टी नेतृत्वबाटै सहमतिको विषय अघि सारिएकामा म सहमतिका लागि बाधक बन्दिनँ भनेर तल झर्दै पुन सदस्यमै आएको हुँ, ‘उनले भने, ‘सदस्यमै रहेर पनि जनता र पार्टीका लागि थुप्रै काम गर्न सकिन्छ।’ 

उपसचिवमा उम्मेदवारी दिएका राजीव खडका सहमतीय आधारमा पनि उपसचिव नै भए, चाँदनी धामी(राना) सदस्यमै पनि समावेश भइनन् भने बाँकी उपसचिवका उम्मेदवार सबै सदस्यमा चयन भएका छन्। 

यसअघि एमाले फुट्दा नेकपा एकीकृत समाजवादीमै लागेर जिल्ला उपसचिवकै जिम्मेवारी निर्वाह गरेका एवं पुन एमालेमै फर्किएपछि पनि उपसचिवमै देखिएका एमाले पुनर्वासका नेता आरपी सार्कीले कम्युनिस्ट पार्टी भएको र आवश्यकताअनुरूप पार्टीले दिएको जिम्मेवारी निर्वाह गर्न सदस्यमै बसेको बताए।

‘यो कम्युनिस्ट पार्टी हो, हामीले पद होइन, पार्टी बनाउने हो, जसअनुरूप मैले उहाँलाई उम्मेदवारी दिएँ। त्यहाँ अरू साथीलाई व्यवस्थापन गर्नुपर्ने देखियो। त्यसपछि पार्टीले दिएको जिम्मेवारीअनुरूप मैले सदस्यमा सहमत भएको छु।’ 

उनले पार्टी र जनताको पक्षमा दिएको जिम्मेवरी निर्भीकताका साथ पूरा गर्ने प्रण गरेका छन्। गत शुक्रबार सहमतिका आधारमा चयन भएका सदस्यलाई शपथग्रहण गराइएको छ।

एमाले कञ्चनपुरको ९औँ जिल्ला अधिवेशन उद्घाटनमा पाटी अध्यक्ष केपी शर्मा ओली आए अनि पाँच दिनपछि पदाधिकारीको टुंगो लाग्दासमेत पार्टी अध्यक्ष ओली नै महेन्द्रनगर आए। 

पार्टी अध्यक्ष जहाँ गयो, त्यही विवाद हुन्छ भने एमालेभित्रको भाष्य हटाउनसमेत पार्टी अध्यक्ष उद्घाटनदेखि समापनसम्म कञ्चनपुर आएका थिए। एमाले कञ्चनपुरको अधिवेशनका लागि चार सय ६४ जिल्ला अधिवेशन प्रतिनिधि छनोट भएका थिए।