Skip This
मुख्यमन्त्री केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमीका कार्यकर्ताद्वारा प्रदर्शन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत ११ आइतबार
  • Friday, 23 May, 2025
तस्बिर : पिटिआई
रासस नयाँदिल्ली
२o८o चैत ११ आइतबार १३:४५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

मुख्यमन्त्री केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमीका कार्यकर्ताद्वारा प्रदर्शन

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
२o८o चैत ११ आइतबार १३:४५:oo

सन् २०२१ नोभेम्बर १७ मा दिल्ली सरकारले राज्यमा नयाँ मदिरा नीति लागू गर्दा अनियमितता गरिएको र इजाजत धारकहरूलाई अनुचित लाभ दिइएको आरोपमा पक्राउ परेका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा आम आदमी पार्टी (आप)का समर्थकहरूले प्रदर्शन गरेका छन्।

आपका प्रमुख तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई प्रवर्तन निर्देशालय (इडी)ले मार्च २१ मा पक्राउ गरेको थियो। नयाँ मदिरा नीति लागू गर्दा यसमा लाइसेन्स शुल्क माफ वा कम गरिएको छ। यो नीतिले सरकारी राजस्वमा एक अर्ब ४४ करोड ३६ लाख भारतीय रुपैयाँ घाटा भएको दाबी गरिएको छ।

यस विषयमा छानबिन गर्न सिफारिस गरेपछि सन् २०२२ को जुलाई ३० मा दिल्ली सरकारले नयाँ अन्तःशुल्क नीति फिर्ता लिई पुरानो प्रणालीलाई पुनः स्थापित गरेको थियो। इडीले आप नेतालाई पक्राउ गरेकोमा आपत्ति जनाउँदै प्रदर्शनकारीहरूले सरकारविरुद्ध नाराबाजी गर्दै ‘म पनि केजरीवाल हुँ, मलाई पनि गिरफ्तार गर’ भन्दै आइटिओ फुट ब्रिजमा भेला भई प्रदर्शन गरेका हुन्। 

आपले केजरीवालको गिरफ्तारीको विरोधमा आइतबार दिल्लीभरि मैनबत्ती जुलुस निकाल्ने र पुतला दहन गर्ने घोषणा गरेको छ। ‘सरकारको गैर–प्रजातान्त्रिक कार्य र अरविन्द केजरीवालको फर्जी गिरफ्तारीको विरोधमा आइतबार दिल्लीभरि मैनबत्ती जुलुस र पुतला दहन गरिनेछ,’ आपले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विरोधमा दिल्लीका जनता सडकमा उत्रिएका छन्। अरविन्द केजरीवालको ढालको रूपमा हामी सबै एकसाथ उभिनुपर्छ। अरविन्द केजरीवालको गिरफ्तारी मोदी सरकारलाई सत्ताबाट हटाउने अन्तिम कारण साबित हुनेछ।

राउज एभेन्यू अदालतले शुक्रबार केजरीवाललाई ६ दिन (२८ मार्चसम्मका) लागि इडी हिरासतमा राख्न अनुमति दिएको थियो।