१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार २२:३४:oo
Read Time : > 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

आतंकावादी हमलाको बदला लिने पुटिनको वाचा, मृत्यु हुनेको संख्या १३३ पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २२:३४:oo

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को कन्सर्ट हलमा कम्तीमा एक सय ३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतंकवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने वाचा गरेका छन् ।
उक्त आक्रमण सम्बन्धमा रुसले युक्रेन भाग्न प्रयास गरिरहेका चार बन्दुकधारीलाई पक्राउ गरेको बताएको छ । किएभले कुनै पनि सम्बन्धलाई दृढतापूर्वक अस्वीकार गरेको छ र पुटिनले आक्रमणबारे आफ्नो पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेवारीको दाबीको सन्दर्भलाई जोडेनन् । 

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा छद्मवेशी बन्दुकधारीहरूले आक्रमण गरी भवनमा आगो लगाएका थिए । आक्रमणमा कम्तीमा एक सय ३३ जनाको मृत्यु भएको छ । 

जिहादी समूहले आक्रमणको दाबी गर्दै शनिबार एक टेलिग्राम च्यानलमा लेखेको छ, ‘इस्लामसँग लड्ने मुलुकहरूसँग भयानक युद्धको हिस्साका रूपमा मसिनगन, एउटा पेस्तोल, चक्कु र फायरबमले सुसज्जित चार आइएस लडाकूद्वारा गरिएको थियो ।‘

यो करिब दुई दशकमा रुसमाथि सबैभन्दा घातक आक्रमण हो र इस्लामिक स्टेटले दाबी गरेको युरोपमा सबैभन्दा घातक हमला हो । रुसी अधिकारीहरूले मृतकको संख्या अझ बढ्ने अनुमान गर्दै एक सयभन्दा धेरै घाइते अस्पतालमा रहेको बताएका छन् । 

राष्ट्रपति पुटिनले शनिबार टेलिभिजनमा राष्ट्रका नाममा एक सम्बोधनमा भने, ‘गोली हानी मानिसहरूको हत्या गर्ने सबै चार प्रत्यक्ष अपराधीलाई फेला पारिएको छ र उनीहरूलाई पक्राउ गरिएको छ । उनीहरू भाग्ने प्रयासमा युक्रेनतर्फ गइरहेका थिए । प्रारम्भिक आँकडाअनुसार राज्यको सीमा पार गर्न उनीहरूका लागि युक्रेनतिरबाट एउटा झ्याल तयार गरिएको थियो ।’

पुटिनले हमलाकारीको तुलना ‘नाजीहरू’ सँग गर्दै आक्रमण ‘अत्याचार, रुस र हाम्रा मानिसविरुद्धको हमला’ थियो भनेका छन् । उनले आइतबार राष्ट्रिय शोक दिवस हुने घोषणा पनि  गरे । 

एफएसबी सुरक्षा सेवाले शनिबार आक्रमणका सिलसिलामा ११ जनालाई पक्राउ गरेको बताएको छ । ‘सबै अपराधी, आयोजक र यो अपराधको आदेश दिनेलाई उचित र अनिवार्यरूपमा सजाय दिइने छ,’ पुटिनले भने । 

यसअघि एफएसबीले शनिबार थप विवरण नदिई आक्रमणकारीहरूको युक्रेनमा सम्पर्क भएको बताएको थियो । विगत दुई वर्षदेखि रुसी सैन्य हमलाको सामना गर्दै आएको किएभले आक्रमणमा उसको सरोकार नभएको राष्ट्रपतिका सहयोगी मिखाइलो पोडोल्याकले एक विज्ञप्तिमा बताएका छन् ।

ठूला अपराधहरूको अनुसन्धान गर्ने रुसको अनुसन्धान समितिले उद्धारकर्मीहरूले शनिबार घटनास्थलमा काम गरिरहेको र जलेका भवनबाट शव निकालिरहेको बताएको छ । (रासस/एएफपी)

ad
ad