Skip This
ओखलढुंगामा निर्माणाधीन मोलुङ एकवर-सडकको सभापति खतिवडाद्वारा निरीक्षण
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १० शनिबार
  • Friday, 23 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o चैत १० शनिबार १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओखलढुंगामा निर्माणाधीन मोलुङ एकवर-सडकको सभापति खतिवडाद्वारा निरीक्षण

समयमा सम्पन्न नभए आगामी चुनावमा उम्मेदवार नै नबन्ने घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o चैत १० शनिबार १८:२३:oo

ओखलढुंगाको मोलुङ-एकवर सडक वर्षौँदेखि सम्पन्न हुन सकेको छैन। राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शनिबार उक्त सडकको निरीक्षण गरेका छन्।

निरीक्षणका क्रममा खतिवडाले उक्त सडक समयमा पूरा नभए आफू आगामी निर्वाचनमा ओखलढुंगामा उम्मेदवार नै नहुने बताए। ‘आज कामको सुरुवात भएको छ, मलाई पूरा आशा छ, निर्माण कम्पनीले यो बाटो समयमै सम्पन्न गर्नेछ,’ उनले भने। 

काम समयमा सम्पन्न हुनेमा आफू ढुक्क रहेको उनको भनाइ थियो। बाटो निर्माणमा विस्फोटक पदार्थ आवश्यक भएकोबारे आफू जानकार रहेको भन्दै खतिवडाले सिफारिस गरेर पठाउन जिल्ला प्रमुखलाई निर्देशन दिए।

मोलुङ–एकवार सडकको सुनकोशी–८ स्थित काउछे र अधेरीबीचको करिब ३ किमि बाटो जोड्न भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले निर्माण कम्पनीको १ करोड ७५ लाख रकम भुक्तानी गरी काम सम्पन्न गर्न स्रोत सुनिश्चित भएर काम भएअनुसार भुक्तानी हुने गरी शनिबारदेखि काम सुरु भएको खतिवडाका स्वकीय सचिव हुकुम राईले जानकारी दिए।