Skip This
ad
बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार १o:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बुढासुब्बा गोल्डकपको उपाधि एनआरटीलाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १o:२७:oo

मोरङलाई २–१ ले हराउँदै न्युरोडसहिद स्मारक ए डिभिजन लिग क्लब न्युरोड टिम एनआरटीले २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शनिबार धरान रंगशालमा भएको फाइनल खेलमा मोरङ फुटबल संघलाई २–१ ले हराउँदै दोस्रोपटक उपाधि जितेको हो ।

यसअघि क्लब ०६४ सालमा पहिलोपटक च्याम्पियन भएको थियो । प्रतियोगितामा थ्री स्टार क्लब सर्वाधिक पाँचपटकको सफल टोली हो । यसपछि नेपाल पुलिस क्लबले चारपटक उपाधि जितेको हो । उपाधिसँगै एनआरटीले १० लाख रुपैयाँ हात पारेको छ । उपविजेता भएको मोरङले पाँच लाख पायो । फाइनल खेलको प्लेयर अफ दी म्याच  एनआरटीका पदम भट्टराई घोषित भए । 

एनआरटीको अग्रता
खेलमा अग्रता एनआरटीले बनायो । विदेशीसँगै नेपाल उमेरसमूहबाट खेलिसकेका खेलाडी समावेश गरेको एनआरटी खेलभर बलियो देखियो । आफिज ओलावाले ओलादिपोले खेलको सातौँ मिनेटमै गोल गरेका हुन् । मिडफिल्डर रोशन रानामगरले निकालेको पासमा ओलावालेले गोल गरेका हुन् । पहिलो हाफको अन्तिम मिनेटमा उमेश कार्कीले गोल गर्दै मोरङलाई खेलमा फर्काए । पहिलो हाफमा १–१ को बराबरीमा समाप्त भयो । खेलको ५१औँ मिनेटमा एनआरटीका सरोज तामाङले विजयी गोल गरेका हुन् । बाँकी समयमा कुनै गोल हुन सकेन र एनआरटी विजयी भएको हो । 

सनम सर्वाेत्कृष्ट खेलाडी 
विजयी एनआरटीका खेलाडी सनम लिम्बू प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले जनही एक लाख रुपैयाँ प्राप्त गरे । विधागततर्फ पनि एनआरटीका खेलाडीकै बाहुल्य रह्यो । उत्कृष्ट रक्षक महेन्द्र कार्की, उत्कृष्ट स्ट्राइकर एनआरटीकै शिशिर लेखी, उत्कृष्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, उत्कृष्ट गोलकिपर एनआरटीका पुजन होना र उत्कृष्ट प्रशिक्षक पनि एनआरटीकै जीवन सिन्केमान घोषित भएका थिए ।

उनीहरूलाई जनही नगद २५ हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा दुई गोल गरेका एनआरटीका ओलावाले र सरोज तामाङसँगै मोरङका उमेश कार्की उच्च गोलकर्ता हुँदै नगद ३५ हजार प्राप्त गरेका छन् । धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा दुई विदेशी टिमसहित नेपालका आठ टिमको सहभागिता थियो । 

ad
ad