१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० चैत ३ शनिबार ०९:३२:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० चैत ३ शनिबार ०९:३२:००

 नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगमले शुक्रबार सूचना जारी गर्दै मध्यरात १२ बजेपछि लागू हुने गरी मूल्य घटाएको हो । 

पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर दुई रुपैयाँ घटाइएको छ । इन्डियन आयल कर्पाेरेसनले शुक्रबार पेट्रोलको मूल्य १.२२ र डिजेलको मूल्य २.०६ रुपैयाँले घटाएर नयाँ सूची पठाएको थियो ।  

यसअघि पेट्रोल मूल्य वर्गअनुसार प्रतिलिटर १६९.५० देखि १७२ रुपैयाँसम्म थियो । अब भने १६८.५० देखि १७१ रुपैयाँसम्ममा पेट्रोल खरिद–बिक्री हुनेछ ।