१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o६:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँ वृद्धि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o६:११:oo

नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यसैगरी, तराईमा पेट्रोल एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल समान एक सय ५८ रुपैयाँ ५० पैसा प्रतिलिटर पुगेको छ भने सुर्खेत र दाङमा पेट्रोल एक सय ७७ र डिजेल तथा मट्टीतेल समान एक सय ६० रुपैयाँ प्रतिलिटर निर्धारण भएको छ ।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट नयाँ खरिददर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम सञ्चालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । आइओसीले प्रत्येक १५–१५ दिनमा निगमलाई नयाँ खरिद दर पठाउने गरेको छ । नयाँ खरिद दरमा आएको परिवर्तनअनुसार निगमले नेपाली बजारमा मूल्य समायोजन गर्दै आएको छ । यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ

फेरि उकालो लाग्दै कच्चा तेल
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः उकालो लाग्न थालेको छ । एक महिनाअघि ५ चैतमा ८५.४७ डलर प्रतिब्यारेल रहेको ब्रेन्ट कच्चा तेलको भाउ ३ वैशाख साँझमा ८९.३१ डलर प्रतिब्यारेल पुगेको थियो । गत शुक्रबार भने कच्चा तेलको भाउ ९१.६८ डलर प्रतिब्यारेल पुगेर केही तल ओर्लेको हो । अन्तर्राष्ट्रिय रिपोर्टका अनुसार इरान, इजरायल र सिरियाबीच चलिरहेको मध्यपूर्वी देशहरूको द्वन्द्वले कच्चा तेलको मूल्यमा ठूलो दबाब सिर्जना हुनेछ । किनभने, इरानले हमलाको एक दिनअगाडि ओमानको खाडी क्षेत्र ‘होर्मुज’ हुँदै गइरहेको इजरायलको तेल बोकेको जहाज नियन्त्रणमा लिएको थियो । होर्र्मुज क्षेत्र हुँदै इजरायलले विश्वभर २० प्रतिशत कच्चा तेल आपूर्ति गर्दै आएको छ ।

यो क्षेत्रमा इरानले क्रुज मिसाइल तैनाथ गरेकाले इजरायले यहाँबाट तत्कालै कच्चा तेल पठाउने जोखिम नलिन सक्ने आकलन गरिएको छ । त्यसैगरी, इरानले ‘स्वेज नहर’समेत बन्द गर्ने चेतावनी दिएको छ । स्वेज नहर हुँदै इजरायलबाट प्रत्येक दिन ५.५ मिलियन ब्यारेलभन्दा बढी कच्चा तेल निर्यात हुने गरेको छ । सन् २०२३ मा भारतले आयात गरेमध्ये ६५ प्रतिशत कच्चा तेल स्वेज नहरको बाटो हुँदै आएको थियो । भारतमा कच्चा तेलको आपूर्तिमा अवरोध भए नेपालमा सोझो असर पर्नेछ, किनभने नेपालमा हुने मागको शतप्रतिशत इन्धन भारतबाटै आउने गरेको छ ।

ad
ad