१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत २ शुक्रबार ११:०८:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अवार्डलाई केडियाको साथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत २ शुक्रबार ११:०८:००

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा हुने १८औँ एनएनआइपिए स्पोर्टस् अवार्डलाई केडिया ग्रुपले प्रयोजक गर्ने भएको छ । दुई पक्षबीचको सम्झौता तीन वर्षका लागि भएको आयोजकले जनाएको छ । सम्झौताअनुसार केडियाले एक पुरुष महिला सर्वोकृष्ट खेलाडीका लागि जनही एक लाख तथा अवार्ड व्यवस्थापनका लागि ५० हजार गरी वर्षिक रूपमा दुई लाख ५० हजार रुपैयाँ उपलब्ध गराउनेछ । 

केडिया ग्रुपका प्रबन्ध निर्देशक विमल केडिया र आयोजक एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । अवार्ड १२ चैतमा हुनेछ । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश ३६ खेललाई आधार मानी सम्बन्धित संघले सिफारिस गरिएका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडीबाट सम्मान गरिनेछ । 

अवार्डमा ३६ खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडीमध्येबाट एक पुरुष–महिला सर्वोकृष्ट खेलाडी, एक पुरुष–महिला प्रतिभाशाली खेलाडी सम्मान, एक खेल पत्रकारलाई एनएनआइपिए खेल पत्रकारिता पुरस्कार, एकजना पाका खेल व्यक्तिलाई गजराज आदर्श खेल व्यक्तित्व सम्मान र एकजनालाई वर्ष उत्कृष्ट पारा खेलाडी सम्मान प्रदान गरिनेछ ।