१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका बिर्तामोड
२o८१ बैशाख १७ सोमबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रोशन र त्रिशा उत्कृष्ट खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, बिर्तामोड
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १o:१५:oo

पाँचौँ झापा स्पोर्टस् अवार्डको वर्ष उत्कृष्ट खेलाडीमा पुरुषतर्फ आइटिएफ तेक्वान्दोका रोशन मगर र महिलामा बक्सिङकी त्रिशा जवेगू भए छन् । बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा झापाले आयोजना गरेको अवार्ड विजेता दुवैले एक लाख प्राप्त गरेका छन् ।

उनीहरूलाई ०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट खेलाडी घोषित गरिएको हो । त्यस्तै, लाइफटाइम अचिभमेन्ट अवार्डबाट ओलम्पियन मेनुका राउतलाई सम्मान गरिएको छ । उनीले ५० हजार प्राप्त गरिन् । उत्कृष्ट खेल पत्रकारिता पुरस्कारबाट रमेश समदर्शीलाई सम्मान गरिएको छ । स्पेसल अचिभमेन्ट अवार्डबाट फिफा रेफ्री श्याम दनुवारलाई सम्मान गरिएको छ । 

०७९ मा प्रदर्शन गरेका आधारमा वर्ष उत्कृष्ट युवा खेलाडीमा पौडीका प्रारम्भ भण्डारी, पिपुल्स च्वाइस अवार्डबाट क्रिकेटकी रुविना क्षेत्री र वर्ष उत्कृष्ट प्रशिक्षकमा बक्सिङका डम्बर लिम्बू घोषित भए । उनीहरूले जनही २५ हजार पाएका छन् । ०७३ बाट सुरु भएको झापा स्पोर्टस् अवार्डको यो पाँचौँ संस्करण हो । यसपटक खेलकुद पत्रकार मञ्च झापाले ०७९ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रदर्शन गर्ने झापाली खेलाडी तथा खेल प्रतिभालाई सम्मान गरेको हो । आगामी वर्ष पनि अवार्डलाई निरन्तरता दिने मञ्चका अध्यक्ष इन्द्रजित मुखियाले जानकारी दिए ।

कार्यक्रम प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंशराज वाग्ले, सदस्य मदन खड्का, अर्जुनधारा नगरपालिका उपप्रमुख खड्गमाया पराजुली, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष दुर्गानाथ सुवेदी, झापा ११ एफसीका अध्यक्ष जलकुमार गुरुङ लगायत उद्योगी व्यवसायीले विजेतालाई पुरस्कार प्रदान गरेका थिए ।

ad
ad