मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o चैत १ बिहीबार
  • Wednesday, 12 February, 2025
२o८o चैत १ बिहीबार १४:४९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एनओसी प्रमुखको राजीनामापछि शिक्षामन्त्री पुगिन् कार्यालय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o चैत १ बिहीबार १४:४९:oo

सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयका प्रमुख शान्तिराम पौडेलले राजीनामा दिएका छन्।

सेवा प्रवाह असहज बनेको र शिक्षा मन्त्रालयले माग तथा गुनासा सुनुवाइ नगरेको भन्दै उनले बुधबार शिक्षा मन्त्रालय पुगेर राजीनामापत्र बुझाएका हुन्।

आफूले एनओसीको सेवा प्रवाह सुधार गर्न खोजे पनि मन्त्रालयले जनशक्तिको व्यवस्था नगरिदिएको र सेवा सुधार गर्न नसकिएको भन्दै राजीनामा दिएको पौडेलले बताए।

‘सुधार गर्ने प्रयास धेरैपटक गरेँ, तर मन्त्रालयले एनओसी कार्यालयलाई वास्ता नै गरेन, त्यहाँ सेवा दिन अति नै दलदल भयो, म आफैँ बिहानैदेखि सेवा दिन खटिँदा पनि भ्याउने अवस्था थिएन,’ उनले भने, ‘सोही कारण नैतिकताको आधारमा राजीनामा दिएको हुँ।’

पौडेलले राजीनामा दिएपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ बिहीबार एनओसी कार्यालय पुगिन्। उनी पुग्दा कार्यालयको परिसरमा सेवाग्राहीको बाक्लो लाइन थियो। मन्त्री श्रेष्ठले सेवाग्राहीको भिडभाड हुनुको कारणबारे त्यहाँ भएको कर्मचारीसँग सोधीखोजी गरिन्। उनी थप जनशक्ति दिने आश्वासन दिएर फर्किएकी छिन्। सेवाग्राहीको चाप बढेपछि कार्यालयले सातवटा झ्यालबाट सेवा प्रवाहसमेत थालेको छ। 

पछिल्लो तीन महिनायता सेवाग्राहीको भिडभाडका कारण एनओसी कार्यालयका कर्मचारीलाई सेवा दिन हम्मेहम्मे हुने गरेको छ। कार्यालयको तथ्यांकअनुसार जापान जाने विद्यार्थीको संख्या धेरै हुँदा एनओसी कार्यालयलाई भिड थेग्न कठिन हुने गरेको हो। 

हिजोआज दैनिक एक हजार पाँच सयभन्दा बढी निवेदन आउँछन्। तर, बिहानैदेखि बेलुकी अबेरसम्म सेवा दिँदा जम्मा एक हजार हाराहारी सेवाग्राहीले सेवा लिन पाउँछन्, अन्य सेवाग्राहीको निवेदन पेन्डिङमा राख्ने गरिएको हो। हाल बिहीबारसम्म रुजु गर्न बाँकी नाै हजार निवेदन छन्। कार्यालय प्रमुखले राजीनामा दिएपछि मन्त्रालयले वासु वस्तीलाई प्रमुखको रूपमा पठाएको छ।

एनओसी अनलाइनबाटै प्रिन्ट गर्न सकिने भए पनि सर्भरमा समस्या आउँदा अहिले यो सेवा बन्द छ।