Skip This
जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : उद्योगमन्त्री भण्डारी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २८ सोमबार
  • Saturday, 27 July, 2024
फाइल तस्बिर
२o८o फाल्गुण २८ सोमबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जनअपेक्षा पूरा गर्न नयाँ गठबन्धन : उद्योगमन्त्री भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २८ सोमबार १६:५६:oo

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले जनअपेक्षा पूरा गर्नका लागि नयाँ गठबन्धन निर्माण भएको बताएका छन्। 

नेकपा एमाले बैतडीको नवौँ जिल्ला अधिवेशनको आज पाटनमा उद्घाटन गर्दै मन्त्री भण्डारीले जनताको निराशालाई आशामा बदल्न नयाँ गठबन्धनको आवश्यकता महसुस गरिएको बताएका हुन्।  

उनले भने, ‘राष्ट्रिय चुनौतीलाई एकतामा बदल्न एमाले सफल भएको छ। जनअपेक्षा पूरा गर्न हामी सरकारमा गएका हौँ। जनताको शिर झुक्ने गरी काम गरिने छैन। बैतडी र सिंगाे सुदूरपश्चिमलाई केन्द्रमा राखेर काम गरिनेछ।’

देश निर्माणका लागि अहिलेको गठबन्धन बनेको बताउँदै मन्त्री भण्डारीले चुनौतीलाई अवसरमा बदल्नु आवश्यक रहेको बताए। 

राजनीतिक शक्ति सुन्तुलनका आधारमा देशमा परिवर्तन  आएको भन्दै मन्त्री भण्डारीले  पार्टी ‘मिसन-८४’ मा हिँडेकाले सबैले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।