Skip This
वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १२:o६:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

वेस्ट इन्डिजविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल

आसिफ, सोमपाल र करण बाहिर, अनिललाई मौका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:o६:oo

दुईपटकको विश्वविजेता वेस्ट इन्डिजविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन्। रोस्टन चेजको कप्तानीमा रहेको वेस्ट इन्डिज ‘ए’ ले ब्याटिङ गर्नेछ। 

प्रशिक्षक मोन्टी देसाईले आसिफ शेख, सोमपाल कामी र करण केसीलाई बाहिर राखेका छन्। अनिलकुमार शाह र विकेक यादव तथा कमलसिंह ऐरीलाई मौका दिएका छन्। 

आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरूप वेस्ट इन्डिज नेपालमा खेल्न आएको हो। सिरिजको दोस्रो खेल १६ वैशाखमा, तेस्रो १९ वैशाखमा, चौथो २० वैशाखमा र पाँचौँ खेल २२ वैशाखमा हुनेछ।

विश्व क्रिकेटमा वेस्ट इन्डिजको उपस्थिति दरिलो छ। सन् १९७५ र ७९ मा वेस्ट इन्डिजले लगातार दुईपटक ६० ओभरको एकदिवसीय विश्वकप जितेको थियो। सन् २०१२ र २०१६ मा यस टोलीले टी–२० आई विश्वकप उपाधि उचालेको थियो।

विश्व क्रिकेटमा नेपालको उत्कृष्ट प्रदर्शन नै सन् २०१४ को टी–२० विश्वकप खेल्नु थियो। १० वर्षपछि नेपालले टी–२० विश्वकपमा स्थान बनाएको हो । आधिकारिक रूपमा नेपाल र वेस्ट इन्डिजको सिनियर टोलीबीच गत वर्ष जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गरेका थिए ।

ad
ad