१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २४ बिहीबार
  • Monday, 30 June, 2025
२o८o फाल्गुण २४ बिहीबार २१:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हेटौँडा उपमहानगरकी मेयर लामा काठमाडौंमा सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण २४ बिहीबार २१:४३:oo

हेटौँडा उपमहानगरपालिकी प्रमुख मीनाकुमारी लामा चन्द्रलोक प्रतिष्ठानद्वारा बिहीबार काठमाडौंमा सम्मानित भएकी छिन्। 

मेयर लामालाई प्रतिष्ठानले ११४औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला हिंसा तथा चेलीबेटी बेचबिखनविरुद्ध योगदान पुर्‍याएको भन्दै सम्मान गरेको हो। 

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजित नारी सम्मान कार्यक्रममा नगर प्रमुख लामालाई एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मान गरे।

नगरप्रमुख लामाले समाज र समुदायप्रति उदाहरणीय नेतृत्व प्रदान गरेकोले सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले बताए। कार्यक्रममा प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगर र जयन्तीदेवी राईलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका ३० महिलाहरूलाई सम्मानित गरिएको थियो।

राष्ट्रिय सम्मानबाट सम्मानित हुन पाउँदा आफूलाई निकै खुसी महसुस भएको बताउँदै नगरप्रमुख लामाले प्रतिष्ठानले गरेको सम्मानको सधैँ कदर हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।