मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८o फाल्गुण २३ बुधबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण २३ बुधबार २o:२९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निर्वाचनअघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट र लोकतन्त्रलाई कमजोर बनायो : कांग्रेस महामन्त्री थापा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण २३ बुधबार २o:२९:oo

कांग्रेस महामन्त्री गगनकुमार थापाले निर्वाचनभन्दा अघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट बनाएको बताएका छन्। 

परिवर्तित राजनीतिक परिस्थितिबारे सामाजिक सञ्जालमा भिडियोमार्फत प्रतिक्रिया व्यक्त गरेका महामन्त्री थापाले निर्वाचनअघि अब कांग्रेसले कुनै पनि बहानामा कसैसँग पनि गठबन्धन गर्न नहुने बताएका छन्। 

‘निर्वाचनभन्दा अघि गरिने गठबन्धनले प्रणालीलाई भ्रष्ट बनाएको छ। लोकतन्त्रलाई थप कमजोर बनाएको छ। त्यसैले कम्तीमा नेपाली कांग्रेस यो बाटो हिँड्न हुँदैहुँदैन,’ उनले भनेका छन्। 

कुर्सीको लोभका कारण अहिलेको गठबन्धन बनेको भन्दै उनले नयाँ सत्तागठबन्धन आफ्नै भारीले थिचिने पनि बताएका छन्।