१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
फाइल तस्बिर ।
प्रेम गौतम काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नेपालनिवासमा नेताको लर्को, प्रचण्ड-ओली निस्किएपछि लिङ्देनको प्रवेश

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:१o:oo

नयाँ सत्तागठबन्धन बनेपछि ‘पर्ख र हेर’को अवस्थामा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवासमा नेताको लर्को लागेको छ । 

हिजोदेखि सुरु भएको भेटको क्रम आज पनि जारी रहेको छ । सरकारमा सहभागिताका लागि औपचारिक प्रस्ताव लिएर पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बाहिरिएलगत्तै नेपालनिवासमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको प्रवेश भएको छ । 

वर्तमान सत्तागठबन्धनमा सहभागी नहुने निर्णयमा पुगेको राप्रपाका अध्यक्षको प्रवेश अर्थपूर्ण मानिएको छ । यसअघि प्रधानमन्त्री प्रचण्ड र ओलीले सरकारमा सहभागिताका लागि नेपाललाई औपचारिक रूपमै प्रस्ताव राखेका थिए । त्यसमा नेपाल सकारात्मक रहेको भेटपछि नेताहरूले बताएका छन् । 

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले हिजो मात्रै एमाले–रास्वपा, जसपा सम्मिलित नयाँ गठबन्धन बनाएका छन् । इतरपक्षहरूले अर्को गठबन्धनको प्रयास सुरु भएको खबर आज दिनभर चलेका थिए । 

तर, राप्रपाका नेताहरूले भने एकीकृत समाजवादीका अध्यक्ष बिरामी भएको थाहा पाएपछि स्वास्थ्यलाभको कामना गर्न आफ्ना अध्यक्ष गएको दाबी गरेका छन् । 

ad
ad