Skip This
ad
भूमिपीडित किसानले मागे लालपुर्जा 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२o८१ बैशाख २५ मंगलबार ११:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भूमिपीडित किसानले मागे लालपुर्जा 

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:३o:oo

राष्ट्रिय भूमि अधिकार मञ्च सिन्धुपाल्चोकले भूमिपीडित किसानलाई तत्काल लालपुर्जा दिन सरकारसमक्ष माग राखेको छ।

मञ्चमा आबद्ध प्रतिनिधिको अगुवाइमा जिल्ला प्रशासनमा जम्मा भएर किसानले वर्षाैँदेखि खनजोत गरेर उपभोग गरिरहेको जग्गाको लालपुर्जा मागेका हुन्।

प्रमुख जिल्ला अधिकारी झक्कप्रसाद आचार्यलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले प्रधानमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानको ध्यानाकर्षण गराएका हुन्। जिल्ला मालपोत कार्यालयमा गएर अगुवाहरूले मोही किसानको समस्या बुझिदिन अनुरोध गरेका छन्।

दाङको स्वर्गद्वारी गुठीपीडित १२ मौजाका तीन हजार पाँच किसान परिवार ८ फागुनदेखि आन्दोलनमा रहेको स्मरण गराउँदै मञ्चले आन्दोलनमा सहभागीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताएको छ।

सिन्धुपाल्चोकमा वर्षाैँदेखि खनजोत गरेर आवादी गर्दै आएको जमिनलाई जबर्जस्ती गुठीमा नापजाँच गरेर अन्याय गरिएको मञ्चको ठहर छ। मञ्चको बागमती प्रदेश सचिव आशिष लामाले किसानमाथि गुठीले अन्याय गरिरहेको बताए।

जिल्लामा एक सय ४७ गुठी छन्। एक लाख ३३ हजार रोपनी जग्गा ती गुठीको नाममा छन्। किसानले मुरीको २७ सयको दरले गुठीलाई कर तिर्नुपर्छ। जब कि धान मुरीको दुई हजारभन्दा बढी पर्दैन।

गुठीपीडित किसान २२ हजार परिवार रहेको लामाले जनाए। पहिला गठन भएर काम गरेको गुठी तथा रैकर जग्गा दर्ता समस्या समाधान समितिले गरेको निर्णयबमोजिम तत्काल मोही किसानलाई गुठीको पुर्जा दिन किसानले माग राखेका छन्। यस्ता मोही जिल्लामा दुई सय ६४ जना छन्। उनीहरू खेतीकिसानी गरेर रोजीरोटी टार्छन्।

विनाशकारी भूकम्पले घर भत्किँदा हराएको कागजात नभेटेपछि किसानले मालपोत कार्यालय सिन्धुपाल्चोकलाई रेकर्ड हेरेर तत्काल पुर्जा दिने व्यवस्था मिलाउन माग गरेका छन्। गुठी जग्गा रैकर र मोहीलाई गुठीको पुर्जा दिलाउन मञ्चले थप संघर्ष गर्ने बताएको छ।
 

ad
ad