थप तीन अस्पतालको फोहोर संकलनमा रोक

मंगलबार, २२ फागुन, २०८०
डिजिटल संस्करण
थप तीन अस्पतालको फोहोर संकलनमा रोक

अस्पतालको फोहोर व्यवस्थापनबारे अनुगमन गर्दै काठमाडौं महानगरका कर्मचारी

काठमाडौं महानगरपालिकाले थप तीन अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा लापरबाही भएको देखिएपछि महाराजगन्ज, बसुन्धरा र सामाखुसी क्षेत्रमा सञ्चालित चिरायु, बिपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो ।

ती अस्पतालले फोहोर वर्गीकरण, फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरणमा बेवास्ता गरेका कारण फोहोर संकलनमा रोक लगाइएको हो । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इन्जिनियर निशा कोइरालाका अनुसार अनुगनमनका क्रममा स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरिएको थियो ।

यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका दिइएको थियो । तर, तीनवटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग भएको थिएन । 

महानगरले हालसम्म २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन गरिसकेको जनाएको छ । यसक्रममा यसअघि एउटा सरकारी र चारवटा निजी गरी पाँचवटा अस्पतालको फोहोर संकलनमा रोक लगाइसकेको छ । 

See More On

सुझावित समाचार