१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
अस्पतालको फोहोर व्यवस्थापनबारे अनुगमन गर्दै काठमाडौं महानगरका कर्मचारी 
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार १o:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

थप तीन अस्पतालको फोहोर संकलनमा रोक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:o५:oo

काठमाडौं महानगरपालिकाले थप तीन अस्पतालको फोहोर संकलनमा रोक लगाएको छ । स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अभ्यास अनुगमनका क्रममा लापरबाही भएको देखिएपछि महाराजगन्ज, बसुन्धरा र सामाखुसी क्षेत्रमा सञ्चालित चिरायु, बिपी स्मृति अस्पताल र कान्तिपुर डेन्टल अस्पतालको फोहोर संकलनमा रोक लगाइएको हो ।

ती अस्पतालले फोहोर वर्गीकरण, फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरणमा बेवास्ता गरेका कारण फोहोर संकलनमा रोक लगाइएको हो । वातावरण व्यवस्थापन विभागकी वरिष्ठ इन्जिनियर निशा कोइरालाका अनुसार अनुगनमनका क्रममा स्रोतमा फोहोर वर्गीकरण, वर्गीकरण भएको फोहोर ढुवानी, भण्डार कक्ष र निर्मलीकरण प्रविधि हेरिएको थियो ।

यसमध्ये पनि संक्रमित फोहोरलाई निर्मलीकरण गर्ने विधिलाई महत्वका दिइएको थियो । तर, तीनवटै अस्पतालमा फोहोर निर्मलीकरण गर्न अटोक्लेभ वा अन्य कुनै विधिको प्रयोग भएको थिएन । 

महानगरले हालसम्म २७ वटा अस्पतालमा फोहोर व्यवस्थापन आचरणको अनुगमन गरिसकेको जनाएको छ । यसक्रममा यसअघि एउटा सरकारी र चारवटा निजी गरी पाँचवटा अस्पतालको फोहोर संकलनमा रोक लगाइसकेको छ । 

ad
ad