एमाले, रास्वपा समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न माओवादीले प्रधानमन्त्रीलाई दियो सहमति

सोमबार, २१ फागुन, २०८०
डिजिटल संस्करण

माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले एमाले, रास्वपालगायतका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सहमति दिएको छ । 

कांग्रेससँगको सत्तागठबन्धन तोड्ने निष्कर्षमा पुगेपछि प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको बैठक बोलाएका थिए । 

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले नयाँ पत्रिकालाई दिएको जानकारीअनुसार सबै वामपन्थी दललाई समेटेर जान पनि बैठकले प्रधानमन्त्री तथा पार्टी अध्यक्षलाई सुझाव दिएको छ ।  

सुझावित समाचार