Skip This
पद र सत्ता एमालेकाे प्राथमिकतामा छैन : उपाध्यक्ष पौडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण २० आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका जनकपुरधाम
२o८o फाल्गुण २० आइतबार १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

पद र सत्ता एमालेकाे प्राथमिकतामा छैन : उपाध्यक्ष पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
नयाँ पत्रिका
२o८o फाल्गुण २० आइतबार १४:२३:oo

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताएका छन्। आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नीति र प्रक्रिया अंगीकार गरे मात्रै अर्थतन्त्र सुधार हुँदै जाने बताएका हुन्। 

'एमालले अर्थ मन्त्रालयको जिम्मा लिएका समयमा ठीक नीति र प्रक्रिया अंगीकार गरेकाले अर्थतन्त्र सुधार भएको देखिन्थ्यो। अहिले त्यो अवस्था छैन। अर्थतन्त्रका सबै सूचक समस्यामा छन्,' पौडेलले भने। 

पूर्वअर्थमन्त्रीसमेत रहेका उनले मुलुकका समस्या समाधान र जनहितका लागि आफूहरू सबै दलसँग सहकार्यका लागि तयार रहेको बताए।  

लेनदेनका आधारमा बनेको वर्तमान सत्तागठबन्धन आफूभित्रका समस्याका कारण लामो समय टिक्ने कुनै आधार नभएको जिकिर गर्दै उपाध्यक्ष पौडेलले  सत्ता र शक्तिका लागि एमालेलाई कुनै चिन्ता नभएको भन्दै जनहितका लागि सदैव सरोकार राख्ने बताए। 

हाल देखिएका समस्या समाधान गर्न एमाले सबै पार्टीसँग सहकार्य गर्न तयार छ। 'पद र सत्तालाई हामीले प्राथमिकतामा राखेका छैनौँ,' पौडेलले सञ्चारकर्मीसँग भने। 

अध्यक्षका लागि बनाइएको माला पौडेललाई

धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा जारी प्रथम राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम थियो। उनको स्वागतका लागि दुई सय किलोको माला उनेर राखेको थियो। 

अध्यक्ष ओली यहाँ नआएर उपाध्यक्ष पौडेल आउने कार्यक्रम तय भएपछि सोही मालाले उपाध्यक्ष पौडेललाई स्वागत गरिएको (नेकपा) एमाले जनकपुरधाम नगर कमिटी अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए। एमाले जनकपुरधाम उपमहानगर कमिटीले माला तयार गरेको थियो। 

फागुन १४ गतेदेखि सुरु भएको प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको आज समापन हुँदै छ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिताको उद्घाटन गरेकी थिइन्।