१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० फाल्गुण २० आइतबार ०७:५३:००
Read Time : < 1 मिनेट
अन्तर्वार्ता प्रिन्ट संस्करण

काशीराज दाहाललाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० फाल्गुण २० आइतबार ०७:५३:००

सहकारीहरू किन समस्याग्रस्त बन्दै गएका होलान् ?
यसका केही कारण छन् । सबैभन्दा पहिले हाम्रा अधिकांश सहकारी सहकारी सिद्धान्तबाट विचलित छन् । त्यस्तै धेरैजसो सहकारीमा पारिवारिक एकाधिकार कायम छ । यसले गर्दा त्यहाँ जसले जे गरे पनि भयो । यसले विकृति बढायो । सहकारीहरूले लगानी गर्न पाइयो भन्दैमा जहाँ पनि लगानी गरे । अधिकांश लगानी अनुत्पादक क्षेत्रमा गयो । जसले गर्दा कर्जा असुली प्रभावकारी भएन । सहकारीहरूले बैंकिङ प्रणालीअनुसार कारोबार गर्न थाले । धितो सुरक्षामा चासो दिएनन् । यिनले नियमित बैठकसमेत गर्न आवश्यक ठानेनन् । उता नियमनकारी निकायको भूमिका पनि प्रभावकारी भएन । समस्या देखिएपछि नियमन थप प्रभावकारी हुनुपर्नेमा त्यस्तो हुन सकेन । त्यसैले सहकारीहरू समस्याग्रस्त बन्दै गए, सर्वसाधारणको निक्षेप जोखिममा पर्दै गयो । 

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन किन कार्यान्वयन हुन नसकेको होला ?
आयोगको प्रतिवेदन कार्यान्वयन नै नभएको भन्न त मिल्दैन । आयोगका कतिपय सुझाव ऐनका रूपमा आइसकेका छन् । तर, तीन ऐनको कार्यान्वयनचाहिँ प्रभावकारी नभएको पक्कै हो । 

सहकारीको ठगी रोक्ने र सर्वसाधारणको रकम फिर्ता गराउने उपाय के हुन सक्छ ?
देशभरका ३१–३२ हजार सहकारीमध्ये २५ हजारजतिले वित्तीय कारोबार गर्छन् । तीमध्ये अधिकांशमा कुनै न कुनै समस्या छन् । सामान्य टालटुलले मात्र यसमा सुधार सम्भव छैन । व्यापक सुधार नगरी सहकारीको समस्या या ठगी जे भन्नुस्, त्यो रोकिँदैन । यसका लागि तेरो र मेरा नभनी दोषीमाथि कडा दण्डात्मक व्यवस्था हुनुपर्छ ।