१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

नेवानि संरचनागत सुधार अध्ययन समितिका संयोजक डा. दीपेन्द्रबहादुर क्षेत्रीलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:o५:oo

नेवानिका जहाज उड्नेभन्दा बढी ग्राउन्डेड भइरहन्छन् । यसले निगमको आम्दानी मात्र गुमेको छैन, साख पनि गुमिरहेको छ । यस्तो लापरबाही किन भइरहन्छ ? 
जहाजमा टेक्निकल समस्या आउनु सामान्य हो । तर, समस्या आएपछि कहिलेसम्म समाधान गरिन्छ भन्ने मुख्य कुरा हो । यसैगरी, निगमसँग जहाज पनि पर्याप्त छैनन् । निगमसँग जहाज पर्याप्त हुन्थे भने एउटा जहाज ग्राउन्डेड भएको कसैले पत्तै पाउँदैनथे । नेपालमा जहाज मर्मत हुँदैन । समस्या आउनेबित्तिकै मर्मतका लागि विदेश पठाउनुपर्छ । विदेशी कम्पनीले विभिन्न बाहनाबाजी गरेर ६–सात महिनासम्म अल्झाइदिने रहेछन् । यो लापरबाही पनि हो । यदि निगमका कर्मचारीको मिलेमतोमा यस्तो भइरहेको हो भने कारबाही गर्ने निकाय पनि छन् । तर, निगमको जहाज बिग्रिएर उडान तालिका अस्तव्यस्त हुँदा निगमको व्यापार र साख खस्किँदै गइरहेको छ । 

पटक–पटक जहाज ग्राउन्डेड हुने अवस्था आउन नदिन के गर्नुपर्छ ? 
निजी क्षेत्र हुन्थ्यो भने तत्कालै कम्पनी छनोट गरेर मर्मतको जिम्मा लगाउन सक्थ्यो । नेवानि सरकारी स्वामित्वको भएकाले कुनै पनि काम गर्दा विधि, प्रक्रिया पूरा गर्नुपर्छ । टेन्डर आह्वान गरेर कम्पनी छान्न नै डेढ महिना लाग्छ । यति हुँदाहुँदै पनि जहाज मर्मतमा ढिलाइ हुनुमा पक्कै कमी–कमजोरी छन् । तिनलाई सुधार्नुपर्छ । मर्मत कम्पनीलाई ताकेता गरिरहनुपर्छ । अब निगमलाई चारवटा जहाजले पुग्दैन । जहाजको संख्या थप्नुपर्छ । एउटा जहाज बिग्रिँदा अर्काे विकल्पमा जहाज हुनुपर्छ । जहाज नथपी अहिलेको समस्या समाधान हुने देखिन्न । 

नेवानि सुधारका प्रयासहरू के हुन सक्छन् ?
नेवानि व्यवस्थापन चुस्त बनाउनुपर्छ । कर्मचारीलाई पनि जिम्मेवार बनाउनुपर्छ । कर्मचारीसँग कार्यसम्पादन करार गर्नुपर्छ । काम गर्न नसके फायर गर्ने व्यवस्था हुनुपर्छ । यदि यसो गर्न सकिँदैन भने अनुभवी र सक्षम कम्पनीलाई निगमको व्यवस्थापन करारमा दिनुपर्छ ।

ad
ad