१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १७ सोमबार o७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
अन्तर्वार्ता प्रिन्ट संस्करण

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई तीन प्रश्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o७:३७:oo

वर्ष २०८० नेपाली खेलकुद क्षेत्रका लागि कस्तो रह्यो ? 
वर्ष २०८० खेलकुद क्षेत्रका लागि सुखद रह्यो । सबैभन्दा राम्रो नतिजा क्रिकेट र एसियाडमा आएका छन् । यसै वर्ष हामीले एसिया कपमा भारत र पाकिस्तानजस्ता विश्व क्रिकेटका महारथीसँग खेल्यौँ । यू– १९ क्रिकेट टोलीले विश्वकप खेल्यो भने सिनियर टोलीले विश्वकपमा स्थान बनायो । नेपाली क्रिकेटको उचाइ बढ्यो । एसियाडमा रजत पदक जित्यौँ । कबड्डीबाट कांस्य पदक आयो । पारा खेलकुदमा एसियातर्फ सहभागी भयौँ, पदक पनि आयो । पेरिस ओलम्पिकका लागि पनि छनोट भएका छौँ । फुटबलमा चाहिँ सोचेजस्तो नतिजा आएन । 

२०८० मा खेकलुद क्षेत्रमा गर्न नसकिएका काम के–के हुन् ? 
राखेपले उठाएका कतिपय कुरा गर्न सकिएन । केही बीचमै रोकिएका छन् । खेलकुदमा लगानी गर्ने गरी कार्यविधि वा मौजुदा नियममा सहजीकरण छैन । सिएसआरको लगानी खेलकुद गर्न बाटो खुलाउन मन्त्रालयलाई गुहारेका छौँ । आशा गरौँ, ०८१ मा पूर्णता पाउनेछ । स्कुल तहबाटै खेलकुदलाई पाठ्यक्रममै समेट्नुपर्छ । खाली रहेको पुल्चोकस्थित मन्त्री क्वार्टरलाई खेलाडी आवास बनाउन माग गरेका छौँ । तर, पूरा भएको छैन । 

०८१ मा नेपाली खेलकुदमा के–के हुन सक्छन् ?
२०८० मा नभएका काम पूरा गर्नतिर लाग्छौँ हामी । हामीले ०८१ मा धेरैभन्दा धेरै प्रतियोगितामा सहभागिता जनाउँछौँ । नतिजा आउने गरी प्रशिक्षण गर्नेछौँ । पूर्वाधारतर्फ ध्यान केन्द्रित गर्छौँ । क्रिकेटमा मूलपानीस्थित तल्लो मैदान सक्ने गरी काम बढाउँछौँ । टियूमा विवादबीच रिटेन्डर भएको छ, त्यसलाई पूरा गर्छाैँ । स्पोर्टस् युनिभर्सिटी स्थापनामा ध्यान दिन्छौँ । 

ad
ad