१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १८ मंगलबार ११:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

ड्रोनको सुरक्षित प्रयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:२५:oo

एरियल फोटोग्राफी वा भिडियोग्राफीका लागि ड्रोनको प्रयोग गर्नेहरूको संख्या बढ्दो छ । आकर्षक भिडियो तथा फोटोका लागि ड्रोन उडाउने गरिन्छ । नेपाल सरकारसँग अनुमति लिएर नियम पालना गर्दै ड्रोन उडाउनुपर्ने हुन्छ । यससँगै ड्रोन सुरक्षित राख्न पनि केही कुरा ख्याल गर्न जरुरी छ । 

म्यानुअल पढ्नुस् : बजारमा विभिन्न ब्रान्डका ड्रोन पाइन्छन् । निर्माता कम्पनीले उपलब्ध गराएको म्यानुअल पढेर मात्रै ड्रोन चलाउन थाल्नुस् । यसमा ड्रोनको मोडल र यसलाई चलाउने तरिकाबारे धेरै कुरा उल्लेख हुन्छ । 

प्रि–फ्लाइट : हरेक फ्लाइटअघि परीक्षण गर्नुस् । कुनै क्षति, नटबोल्टहरू लुज भएको, कुनै पार्टस् नचलेकोलगायत समस्या पहिल्यै थाहा हुन्छ । 

ब्याट्री केयर : कहिल्यै पनि ब्याट्री ओभर चार्ज नगर्नुस् । चार्ज अफ हुने गरी पनि नराख्नुस् । कम्पनीले दिएको निर्देशनअनुसार भोल्टेज लेभल मिलाएर राख्नुस् । 

सफाइ : ड्रोनलाई फोहोर र धुलोबाट जोगाउनुपर्छ । मोटर्स, प्रोपेलर्स वा अन्य ठाउँमा भएका धुलो र फोहोरलाई हटाउन नरम ब्रसको प्रयोग गर्न सकिन्छ । तर, इलेक्ट्रोनिक्स पार्टस् नबिग्रियोस् भन्नेमा सतर्क रहनुपर्छ । 

गिम्बल : तपाईंको ड्रोनमा गिम्बल छ भने यसलाई होसियारीपूर्वक चलाउनुपर्छ । गिम्बल र क्यामेरा लेन्सलाई माइक्रोफाइबर कपडाले नियमित सफा गर्नुपर्छ । ता कि फुटेज क्लियर आओस् । 

कहाँ राख्ने ?
ड्रोनलाई सीधा घामको प्रकाश पर्ने ठाउँमा नराख्नुस् । यसलाई फोहोर धुलोबाट जोगाउन सुरक्षित केस वा ब्यागमा राख्नुपर्छ । ता कि एक ठाउँबाट अर्को ठाउँमा लग्दा पनि कुनै फरक नपरोस् । ड्रोनको सेन्सर, कम्पास, आइएमयू (इनर्सियल मेजरमेन्ट युनिट)लाई कम्पनीले दिएको सिफारिसअनुसार एडजस्ट गर्नुस् । यसो हुँदा फ्लाइट पर्फर्मेन्स राम्रो हुन्छ । कस्तो वातावरणमा ड्रोन उठाउने भन्ने पनि ख्याल गर्न जरुरी छ । तीव्र हावा चलेको, हिउँ परिरहेको, पानी परिरहेकोे, झरनाआसपास ड्रोन उठाउँदा बिग्रने जोखिम रहन्छ । निषेधित क्षेत्रमा ड्रोन उडाउँदा सिज पनि हुन सक्छ ।

पोस्ट फ्लाइट : हरेक फ्लाइटपछि ड्रोनको अवस्था जाँच गर्नुस् । कुनै समस्या देखिए वेलैमा मर्मत गर्नुपर्ने हुन्छ । 

मर्मत : यदि कुनै प्राविधिक समस्या देखिएमा, त्यस समस्याका विषयमा तपाईंलाई थाहा नभएमा टेक्निसियन वा विज्ञसँग परामर्श, रिपेयर सेन्टरमा मर्मत गर्नुपर्ने हुन्छ ।

ad
ad