एक वर्षमा भारतबाट २५ नेपालीको उद्धार

शुक्रबार, १८ फागुन, २०८०
डिजिटल संस्करण

मानव तस्कर समूहको चंगुलमा परेका २५ जना नेपाली महिला तथा बालबालिकाको भारतबाट उद्धार

मानव तस्कर समूहको चंगुलमा परेका २५ जना नेपाली महिला तथा बालबालिकाको भारतबाट उद्धार गरिएको छ । एक वर्षको अवधिमा माइती नेपाल कञ्चनपुरले भारतका विभिन्न स्थानबाट बेचिएका २५ महिला तथा बालिकाको उद्धार गरेको हो ।

पुनाबाट ६, मुम्बई र हिमाञ्चलबाट चार–चार, साग्ली र दिल्लीबाट तीन–तीन, पञ्जाव र पिथौरागढबाट दुई–दुई र गुजरातबाट एकजनाको उद्धार गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिइन् । 

‘विभिन्न प्रलोभनमा पारेर मानव तस्कर समूहले महिला तथा बालिका, किशोरीलाई यहाँबाट भारतमा लग्ने र त्यहाँ रेडलाइट एरियादेखि विभिन्न कोठीमा बेच्दै आएको पाइएको छ,’ उनले भनिन्, ‘घरपरिवारले दिएको निवेदन, उजुरीका आधारमा हामीले बेचिएका छोरीचेलीको उद्धार गरेर घरपरिवारको जिम्मा लगाएका छौँ ।’

भारतमा बेचिएका अधिकांश महिला भैरहवा नाका भएर त्यहाँ पुगेको, केही महिला अन्य नाकाबाट समेत गएको पाइएको संयोजक भट्टले बताइन् । माइती नेपाल कञ्चनपुरले ०२३ जनवरीदेखि डिसेम्बरसम्म जिल्लाका दुई नाका गड्डाचौकी र दोधाराचाँदनी झोलुंगेपुल क्षेत्रबाट एक सय १८ महिलालाई बेचबिखनको जोखिमबाट बचाएको जनाएको छ । जसमध्ये ८७ जना सुदूरपश्चिम प्रदेशका छन् । 

See More On

सुझावित समाचार