१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
२०८० फाल्गुण १६ बुधबार ०८:५९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

स्कुलबसमै पेस्तोल ताक्दा पनि हप्ता दिनदेखि बेखबर चितवन प्रशासन 

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १६ बुधबार ०८:५९:००

स्कुलबसको चालकलाई पेस्तोल देखाउँदै हातपात भएको एक हप्ता बित्दासमेत चितवन प्रशासन बेखबर छ । भरतपुरस्थित सनराइज इंग्लिस बोर्डिङ स्कुलको बसका चालकलाई अज्ञात व्यक्तिले पेस्तोल देखाएर गत बुधबार हातपातसँगै धम्की दिएका थिए ।

विद्यार्थीलाई घर पुर्‍याउने क्रममा बुधबार अपराह्न ४:१५ बजेको समयमा भरतपुर महानगरपालिका- ८ सल्यानीमा अज्ञात व्यक्तिले आफूलाई पेस्तोल देखाएर धम्की दिएको बसका चालक अश्विन महताेले बताए । 

‘गाडी फर्काउने क्रममा मैले पछाडिको गाडीको प्याँप्याँ हर्नको आवाज सुने । गाडी घुमाउन मैले अलिबेर लगाएछु । एक व्यक्ति झोक्किँदै बाहिर निस्किए । उक्त कालो रंगको गाडीमा रहेका व्यक्ति अचानक आएर मलाई तथानाम गाली गर्दै मेरो गर्धन समाते,’ चालक महताेले भने,  ‘त्यसपछि पेस्तोल देखाएर हान्दिम्, मार्दिम् भनेर धम्की दिए । त्यति वेला मर्छु जस्तो लागेको थियो । तर, उनले के सोचे पछि मलाई छाडेर गए । मैले रक्सी खाएको मान्छे पो रहेछ कि भन्ने सोचेँ । मसँग गाडीमा एक कक्षादेखि पाँच कक्षासम्म अध्ययन गर्ने १२ जनाभन्दा बढी विद्यार्थी थिए । मैले उनीहरूलाई सुरक्षित घर लैजाने कुरा मात्र सोचेँ।’

घटनाको विषयमा विद्यालय प्रशासन र प्रहरी प्रशासनले खुलेर बोल्न चाहेका छैनन् । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुख एसपी भावेश रिमाल आफ्नो जिल्लामा यस्तो घटनानै नभएको बताउँछन् । जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख भूपेन्द्र थापाले पनि घटना नघटेको र यो विषय हल्ला मात्र भएको बताए ।

तर, यस विषयमा विद्यालयका प्रधानाध्यापक शिवकुमार बगालेले  जिल्ला प्रहरी कार्यालय चितवनमा सबै जानकारी गराएको बताएका छन् । उनले भने, ‘हामीले घटनाबारे सबै जानकारी प्रहरीलाई गराइसकेका छौँ । यसबारेमा हामीले भन्दा पनि प्रहरीको अनुसन्धानबाट थाहा होला ।’