१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२०८० फाल्गुण १४ सोमबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पर्वतका ग्रामीण सडकमा मोटरेबल पुल बन्दै

Read Time : < 1 मिनेट
२०८० फाल्गुण १४ सोमबार ११:५९:००

पर्वतका ग्रामीण सडकमा चालू आर्थिक वर्षमा चारवटा मोटरेबल पुल निर्माण हुने भएका छन् । जिल्लाका विभिन्न क्षेत्रमा रहेका सडकलाई बाह्रैमहिना सञ्चालन गर्ने उद्देश्यले खोलामा मोटरेबल पुल निर्माण गर्न थालिएको हो । 

पूर्वाधार विकास कार्यालय पर्वतका अनुसार मोदी गाउँपालिकाको लिदिखोला, पैँंयुगाउँ गाउँपालिकाको सरौ र भोर्लेखोला तथा कुश्मा र फलेवास नगरपालिकाको सिमानामा पर्ने मल्र्याङ्दी खोलामा मोटरेबल पुल निर्माण गरिने भएको हो । चार पुलमध्ये मोदी–६ र ८ को सिमानामा रहेको लिदिखोलामा १६ मिटर लामो पुल निर्माण धमाधम भइरहेको पूर्वाधार कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले जानकारी दिए । 

उनका अनुसार डिमुवा–राम्जा सडक खण्डमा पर्ने उक्त पुलको करिब ४० प्रतिशत निर्माण सकिएको छ । प्रमुख अधिकारीले रु. दुई करोड ५३ लाखको लागतमा निर्माण हुन लागेको बताए । 

यो पुल निर्माणपछि मोदी– ७ राम्जा, वडा नम्बर– ८ चित्रे र कुश्मा नगरपालिका– १४ आर्थरडाँडा खर्कका बासिन्दा लाभान्वित हुनेछन् । त्यस्तै, दक्षिण पर्वतको पैँयु गाउँपालिकामा पर्ने सरौ–बालाकोट सडक खण्डअन्तर्गत छत्तिसेघाट मोटरेबल पुलको निर्माण पनि तीव्र गतिमा भइरहेको पूर्वाधार कार्यालय पर्वतले जनाएको छ । करिब २५ मिटर लामो उक्त पुलको २० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको प्रमुख अधिकारीले जानकारी दिनुभयो । रु. चार करोड ४३ लाखमा उक्त पुल निर्माण भइरहेको छ ।