Skip This
श्रीलंकाली कप्तान हसरंगालाई दुई खेलमा प्रतिबन्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १४ सोमबार
  • Saturday, 27 July, 2024
एजेन्सी कोलम्बो
२o८o फाल्गुण १४ सोमबार o७:२५:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

श्रीलंकाली कप्तान हसरंगालाई दुई खेलमा प्रतिबन्ध

अफगानिस्तानविरुद्धको तेस्रो अन्तर्राष्ट्रिय टी–२० खेलमा अम्पायरको निर्णयमा विरोध जनाएका श्रीलंकाका हसरंगा आइसिसीको कारबाहीमा

Read Time : < 1 मिनेट
एजेन्सी, कोलम्बो
नयाँ पत्रिका
२o८o फाल्गुण १४ सोमबार o७:२५:oo

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले श्रीलंकाली कप्तान वानिन्दु हसरंगालाई दुई खेलमा प्रतिबन्ध लगाएकोछ । अफगानिस्तानविरुद्धको तेस्रो टी–२० खेलमा फिल्ड अम्पायरसँग विवाद गरेका कारण हसरंगालाई कारबाहीस्वरूप दुई अन्तर्राष्ट्रिय खेलमा प्रतिबन्ध लगाएको आइसिसीले जनाएको छ । यसैगरी, अफगानिस्तानका विकेटकिपर रहमानुल्लाह गुरवाजलाई १५ प्रतिशत खेलको जरिवाना तोकेको छ । एक वर्षभित्र हसरंगाले पाँचपटक अनुशासन तोडेका छन् ।

आइसिसीले अनुशासनहीन कार्य गर्ने खेलाडीको रेटिङ अंक काट्ने गर्छ । जसमध्ये हसरंगाले पाँचमध्ये दुई अंक गुमाएका छन् । ‘हसरंगाले पाँचमध्ये दुई अंक गुमाएका छन्, यसैकारण उनलाई कारबाही गरिएको हो,’ आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । आइसिसीका अनुसार हसरंगाले एक टेस्ट वा एक टी–२० खेल गुमाउन सक्नेछन्, यद्यपि उनले एकदिवसीय खेलसमेत गुमाउनेछन् । 

अम्पायरसँग विवाद
गत साता अफगानिस्तानसँगको तेस्रो अन्तर्राष्ट्रिय खेलमा फिल्डमा रहेका अम्पायरसँग श्रीलंकाली कप्तान हसरंगाले सामान्य विषयमा विवाद गरेका थिए । अफगानिस्तानका एक खेलाडीले फुल टस बल फ्याँक्दा उनले नोबलको अपिल गरेका थिए । फिल्डका अम्पायर लिन्डन हेनिबलले सामान्य हाइटमा बल रहेको जनाए । तर, श्रीलंकाली खेलाडीले त्यसको विरोध जनाए । उनले बारम्बार नो बल रहेको दाबी गरे । यस विवादमा उनी आइसिसीको कोड २.१३ अनुसार दोषी ठहरिए । यस नियमअनुसार अन्तर्राष्ट्रिय खेलमा अम्पायरको सही निर्णयमाथि बहस गर्दा खेलाडी दोषी हुनेछन् । 

अफगानिस्तानका विकेटकिपर गुरवाजले अम्पायरको सहमतिमा बारम्बार मैदानमै ग्रिप बदलेका थिए । आइसिसीको २.४ अनुसार उनलाई कारबाही गरिएको हो । ‘अम्पायरले उनलाई बारम्बार चेतावनी दिएका थिए, तर उनले बारम्बार ग्रिप बदलेको देखिएका छन्, यसैको आधारुमा कारबाही गरिएको हो ।’ यसैबीच हसरंगा र गुरवाजले आ–आफ्नो गल्ती स्विकारेका छन् ।