१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख १९ बुधबार १८:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

छोरी जन्मेपछि अस्पतालको बेडमै छाडेर आमा फरार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १८:३१:oo

वीरगन्जको नारायणी अस्पतालमा नवजात शिशु छाडेर एक सुत्केरी र उनकाे परिवार फरार भएको छ। शनिबार अस्पतालमा भर्ना भएकी महिलाले छोरी जन्माएपछि सोही दिन बेलुकी नवजात शिशुलाई बेडमै छाडेर सुत्केरी र उनका परिवार फरार भएका हुन्।

छोरी जन्मेपछि उनलाई अस्पतालको बेडमै छाडेर आमा र उनका आफन्त सम्पर्कविहीन भएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले जानकारी दिए। फरार भएकी सुत्केरी र उनका परिवार कोही पनि अहिलेसम्म सम्पर्कमा नआएको सिंहको भनाइ छ। 

उनका अनुसार नवजात शिशुलाई अस्पतालको एनआइसियू वार्डमा राखिएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर ६ रानीघाट ठेगाना टिपाएकी ३० वर्षीया सीतादेवी साह कानुलाई उनकी सासुले प्रसूति गराउन ल्याएकी सूचना अधिकारी सिंहको भनाइ छ। अस्पतालको रेकर्डमा महिलाको पतिको नाम धीरज साह कानु उल्लेख छ।

नवजात शिशुलाई बेडमै छाडेर आमासहित परिवार सम्पर्कविहीन भएपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गरेको छ। पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार छोरी छाडेर फरार भएकी महिलाको यसअघि नै तीनजना छोरी रहेको खुलेको छ। 

अहिले चौथो सन्तान पनि छोरी नै जन्माएको भन्दै महिलालाई परिवारका सदस्यले कचकच गरेपछि अस्पतालमै झगडासमेत भएको उनको भनाइ छ। प्रसूति गराउन अस्पताल जाँदा महिलाको परिवारले अस्पतालको रजिस्टरमा नाम र ठेगाना नै गलत टिपाएकाे प्रनाउ थापाको भनाइ छ।

ad
ad