Skip This
राजनीतिक दलसम्बन्धी विधेयक संसदमा प्रस्तुत
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण १३ आइतबार १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राजनीतिक दलसम्बन्धी विधेयक संसदमा प्रस्तुत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार १५:o३:oo

प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ प्रस्तुत गरेका छन्। 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को केही व्यवस्थामा अध्यादेशमार्फत संशोधन भएको थियो। तर, उक्त अध्यादेश खारेज भएको अवस्थामा ऐनको साबिककै व्यवस्था कायम राख्न आवश्यक देखिएको भन्दै मन्त्री श्रेष्ठले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभासमक्ष पेस गरेका हुन्। 

आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरेका थिए। 

विधेयक प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त विरोधको सूचनालाई भने बहुमतले अस्वीकृत गरेको छ। प्रतिनिधिसभाको अर्को बैठक भोलि सोमबार बिहान ११ बजे बस्नेछ।