१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० फाल्गुण १३ आइतबार १३:५४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इलाम २ र बझाङ १ को उपनिर्वाचन १५ वैशाखमा  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० फाल्गुण १३ आइतबार १३:५४:००

प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ। निर्वाचन आयोगको आइतबार बसेको बैठकले १५ वैशाख  ०८१ मा उपचुनाव गर्ने निर्णय गरेको हो।

यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएपछि उक्त क्षेत्र खाली छ। 

यस्तै, बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ मा पनि १५ वैशाखमै उपचुनाव हुनेछ। यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य कांग्रेसका पृथ्वीबहादुर सिंहको गत २५ असारमा गाडी दुर्घटनामा निधन भएको थियो।