१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण १३ आइतबार
  • Wednesday, 02 July, 2025
२o८o फाल्गुण १३ आइतबार ११:५७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले बाराकाे सचिवालय बैठक सम्पन्न, अधिवेशनका लागि जिम्मेवारी तोकियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण १३ आइतबार ११:५७:oo

नेकपा एमालेको जिल्ला सचिवालय बैठक शनिबार सम्पन्न भएको छ। बैठकले १९ र २० चैतमा हुने जिल्ला अधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गर्दै जिम्मेवारी तोकेको छ। 

कलैयास्थित पार्टी कार्यालयमा बसेको बैठकले जिल्ला अध्यक्ष विनोद साहलाई राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख टिना सुवेदीलाई प्रचार तथा अतिथि सत्कार, सचिव अध्यानन्द पाण्डेलाई सांगठनिक प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन, उपसचिव अमृत शर्मा बजगाईंलाई जनपरिचालन, उपसचिव भुलन चौधरीलाई स्वयंसेवक परिचालन, जवाहिर अन्सारीलाई मञ्च तथा आवास व्यवस्थापन, भिखारी साहलाई खाना तथा नास्ता व्यवस्थापन उपसमितिको संयोजक तोकेको हो।

बैठकले पार्टी र जनसंगठनबाट करिब ६ सय प्रतिनिधि अधिवेशनमा सहभागी गराउने निर्णयसमेत गरेको छ। अधिवेशनका लागि चैत ३ गते प्रतिनिधि परिषद् बैठक र चैत ७ गते प्रतिनिधि चयन गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रचार विभाग प्रमुख सुवेदीले जानकारी दिइन्।

जिल्ला अध्यक्ष साहको अध्यक्षतामा बसेको बैठकमा पोलिटब्युरो सदस्य एवं बारा १ का सांसद अच्युत मैनाली, केन्द्रीय सदस्य बलवीर चौधरी, एकवाल मियाँ, मधेश प्रदेश सचिव मनोज पौडेललगायत एमाले बाराका पदाधिकारी र सचिवालय सदस्यको उपस्थिति रहेको थियो।