![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/vaccine-baby.2022-04-05-06-09-33.jpeg)
आजदेखि दादुरा–रुबेलाविरुद्धको साताव्यापी खोप अभियान सुरु भएको छ । यसक्रममा बागमती प्रदेशका १२ लाखभन्दा बढी बालबालिकालाई खोप लगाइनेछ । संघीय सरकारको निर्धारित कार्यक्रमअन्तर्गत बागमती प्रदेशका १३ जिल्लाका एक सय १९ वटै स्थानीय तहका १२ लाख ३० हजार ६ सय २२ बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउने लक्ष्य छ ।
सरकारको निर्देशनअनुसार प्रदेश र स्थानीय तहमा खोप अभियान सञ्चालन हुने स्वास्थ्य निर्देशनालय बागमती प्रदेश खोप फोकल पर्सन उत्तमराज प्याकुरेलले जानकारी दिए । उनले नियमित खोप तालिकाअनुसार खोप लगाउन छुटेका र लक्षित उमेर समूहका बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने तयारी गरेको बताए ।
दादुरा र रुबेला रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको उनको भनाइ छ । एक साताको अभियानअन्तर्गत १३ देखि १९ फागुनसम्म खोप अभियान सञ्चालन हुने भनिए पनि केही जिल्ला र स्थानीय तहमा भने चैतसम्म खोप लगाइने प्याकुरेलले जानकारी दिए ।