१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रग्बी लिगमा गोर्खाली पहिलोपटक च्याम्पियन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o७:२२:oo

चारपटकको च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई अन्तिम खेलमा ६६–७ ले हराउँदै गोर्खालीले जित्यो उपाधि

गोर्खाली रग्बी क्लबले पहिलोपटक राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियनसिपको उपाधि जितेको छ । कीर्तिपुरस्थित दशरथ रंगशालामा चारपटकको च्याम्पियन विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले पाँचौँ संस्करणमा आएर पहिलोपटक उपाधि हात पारेको हो । राष्ट्रिय टोलीले भरिएको गोर्खालीले खेलभरि चारपटकको च्याम्पियन आर्मीलाई दबाबमा राखेको थियो । पहिलो हाफमा रातो कार्ड पाउँदा आर्मी १४ खेलाडीमा सीमित बन्यो । त्यसपछि मात्रै आर्मीले सात अंक जोडेको हो । पहिलो हाफमै आर्मी ७–३६ ले पछि परेको थियो । 

गोर्खालीको टोलीमा सबै खेलाडी राष्ट्रिय टोलीका थिए । थप तीन विदेशी खेलाडीको साथ गोर्खालीलाई थियो । आर्मीमा भने दुई मात्रै राष्ट्रिय टोलीका खेलाडी थिए । आर्मीले कबड्डी र खोखोका खेलाडीलाई समावेश गर्दै रग्बी टोली निर्माण गरेको थियो । 

अपराजित रहँदै उपाधि
गोर्खाली रग्बी टोली अपराजित रहँदै च्याम्पियन बनेको हो । गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोर हराएको थियो । दोस्रो खेलमा एपिएफलाई ४९–२० ले हराएको हो । टोलीले तीन खेलबाट नौ अंक जोड्दै शीर्ष स्थानमा रहेर च्याम्पियन भएको हो । उपाधिसँगै गोर्खाली रग्बीले एक लाख रुपैयाँ नगद पुरस्कार जितेको छ । प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो बन्यो । 

लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपिएफ उपविजेता बनेको हो । एपिएफले सात अंक जोड्यो । एपिएफले ५० हजार रुपैयाँ नगद प्राप्त गर्‍यो । च्याम्पियनसिपमा तेस्रो भएको आर्मीले पाँच अंक जोड्यो । नेपाल प्रहरी तीन अंकसाथ चार टिम सहभागी लिगमा अन्तिममा रह्यो । प्रतियोगितामा एपिएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भएका छन् । 

ad
ad