१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार o६:२७:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सौर्य ऊर्जाको २० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:२७:oo

खजुरा गाउँपालिका–८, रनियापुरमा सौर्य ऊर्जाबाट २० मेगावाट विद्युत् उत्पादन गरिएको छ । पियोर इनर्जी लिमिटेडले उत्पादन गरेको सौर्य ऊर्जा नेपाल विद्युत् प्राधिकरण केन्द्रीय प्रसारणलाइनको कोहलपुरस्थित सबस्टेसनमा जोडिएको छ । दुई भागमा विभाजन भएको पियोर इनर्जीको यस परियोजनामा पहिलो र दोस्रो भागबाट १०–१० मेगावाट विद्युत् उत्पादन गरी लगभग १६ किलोमिटरको ३३ केभी (किलो भोल्ट) डबल सर्किट ट्रान्समिसन लाइनमार्फत कोहलपुर सबस्टेसनमा जडान गरिएको कम्पनीका कार्यकारी प्रमुख प्रवीण अर्यालले जानकारी दिए ।

 पियोर इनर्जीको यस सोलार परियोजना लगभग ४३ बिघामा फैलिएको छ । २१ बिघा क्षेत्रको पहिलो भागमा ६ सय ५५ र ६ सय ६० वाटका करिब १९ हजार सोलार प्यानल र २२ बिघा क्षेत्रको दोस्रो भागमा ६ सय ४० र ६ सय ४५ वाटका करिब १९ हजार सोलार प्यानल जडान गरिएको छ । उनले ‘दुवै भागबाट विद्युत् उत्पादन भई प्राधिकरणको केन्द्रीय प्रसारणलाइनअन्तर्गत कोहलपुरस्थित सबस्टेसनमा जोडिएर वितरण सुरु भइसकेको छ ।’  

 यस परियोजनामा दुवैतर्फबाट विद्युत् उत्पादन हुने अत्याधुनिक बाई–फेसियल मोडलको सोलार प्यानल जडान गरिएको प्रोजेक्ट म्यानेजर जितेन्द्र तिवारीले बताए । ‘यहाँ जडान भएका सोलार प्यानल हाई इफिसियन्सी भएको नयाँ प्रविधिका हुन् । माथिल्लो भागबाट मात्र नभई तल्लो भागबाट समेत सूर्यको किरण लिन सक्ने क्षमता भएका सोलार प्यानल हुन्,’  तिवारीले भने । 

पियोर इनर्जीको परियोजनाबाट उत्पादिन विद्युत् खरिदका लागि कम्पनी र प्राधिकरणबीच १२ मंसिर ०७८ मा भाग–१ तथा भाग–२ का लागि २५ वर्षे अवधि रहेका छुट्टछुट्टै विद्युत् खरिद–बिक्री सम्झौता भएको थियो । ‘दुवै भागबाट लगभग एक करोड ३४ लाख रुपैयाँबराबरको विद्युत् सरकारलाई उपलब्ध गराएका छौँ,’ अर्यालले भने । सुक्खायाममा हुने लो भोल्टेज र लोडसेडिङको समस्यालाई केही हदसम्म न्यूनीकरण गर्न यो आयोजनाले सहयोग गर्ने उनको भनाइ छ । परियोजनामा नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ऋण सुविधा प्रदान गरेको छ । यो आयोजना सञ्चालन गर्न पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने भएकाले कार्बन उत्सर्जन न्यूनीकरणमा समेत सहयोग पुर्‍याउने उनले बताए । 

झन्डै तीन मिटर दूरीमा लाइन मिलाएर सोलार प्यानल राखिएका कारण प्यानलमुनिको खाली जमिनमा खेती गर्ने योजना रहेको उनले बताए । ‘कुन र कस्तो प्रकृतिको खेती गर्न सकिन्छ भन्ने विषयमा अध्ययन भइरहेको छ । अध्ययन सकिएपछि खेती सुरु गर्छौँ,’ उनले भने । 

ad
ad