१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १o:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बारामा बोलेरो र ट्रक आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:४९:oo

बारामा आज बिहान भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् । सिमराबाट हेटौँडातर्फ जाँदै गरेको ना.६ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउँदै गरेको बा.प्र.०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप आज बिहान ५:३५ बजे बाराको जितपुरसिमरा उपमहानगरपालिका– १ स्थित आधाभार जंगलमा एक–आपसमा ठोक्किएका थिए ।

बोलेरो पिकअपमा सवार पाँचजनामध्ये दुर्घटनामा परी भारतको बिहार राज्य मोतीहारी जिल्ला मधुवन थानाग्राम कुन्दनपुर घर भएका २८ वर्षीय चन्दन चौहान र अर्का एकजना सनाखत हुन नसकेका बोलेरोचालकको मृत्यु भएको बारा प्रहरीले जनाएको छ । उनीहरूको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पताल बारामा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको बताइएको छ । भारतको बिहार राज्य मुजफ्फरपुर जिल्ला परखन मोतीपुर थाना दरुराजग्राम सिसुवा घर भएका २२ वर्षीय राहुल चौधरीको अवस्था गम्भीर रहेको छ । 

यस्तै, भारत बिहार राज्य महाराजगन्ज जिल्ला गोरखपुर घर भएका १७ वर्षीय सुदीप चौहान र भारत बिहार राज्य महाराजगन्ज जिल्ला गोरखपुर घर भएका १९ वर्षीय रामलखन चौहानको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । ट्रकचालकलाई इलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएको छ ।
 

ad
ad