मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ८ मंगलबार
  • Friday, 14 August, 2026
२o८o फाल्गुण ८ मंगलबार १५:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभापति खड्काको नीति प्रस्ताव, ‘जिम्मेवार कांग्रेस, समुन्नत देश’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ८ मंगलबार १५:४२:oo

कांग्रेसको जारी महासमिति बैठकको बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन्।  

ललिपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा जारी महासमिति बैठकमा प्रस्ताव प्रस्तुत गर्दै उपसभापति खड्काले कांग्रेसको आन्तरिक जीवन तथा राष्ट्रिय सन्दर्भमा उठेको प्रश्न र अप्ठ्याराको समाधान खोज्न महासमितिले नीतिगत निर्णय गर्दै अघि बढ्ने बताए। 

‘जिम्मेवार नेपाली कांग्रेस : समुन्नत देश’ नारा दिएर कांग्रेसको राजनीतिक नीतिलाई अघि बढाइएको उपसभापति खड्काले जानकारी दिए।

उनले भने, ‘मुलुकका विभिन्न युगान्तकारी परिवर्तनमा कांग्रेसको सन्तुलित, समन्वयकारी, सर्वस्वीकार्य राजनीतिक नेतृत्व, भूमिका विचार र नीति निर्णायक रहँदै आएको छ।’

उनले भ्रष्टचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै आफ्ना हरेक गतिविधिलाई पारदर्शी बनाउने अठोट गर्नुपर्नेमा जाेड दिए।