मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ७ सोमबार
  • Thursday, 13 August, 2026
२o८o फाल्गुण ७ सोमबार १८:२९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

राइनो संरक्षण गोल्डकपको फाइनलमा कावासोती र गण्डकी भिड्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ७ सोमबार १८:२९:oo

छैटौँ संस्करणको राइनो संरक्षण गोल्डकपको फाइनलमा कावासोती र गण्डकी प्रदेश भिड्ने भएका छन्। नवलपुरको मध्यविन्दु– २ कोल्हुवा राइनो खेल मैदानमा जारी फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ।

सोमबार भएको अन्तिम सेमिफाइनल खेलमा फोर ब्रदर्सलाई पराजित गर्दै सेन्टर कलेज २८ बिघा कावासोतीले फाइनलमा स्थान पक्का गरेको हो। १–० गोल अन्तरको जित निकाल्दै २८ बिघा कावासोतीले फाइनलको यात्रा तय गरेको हो।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको ८५औँ मिनेटमा २८ बिगाहाका जर्सी नम्बर ७७ का खेलाडी समीर तामाङले निर्णायक गोल गर्दै टिमलाई जित दिलाएका हुन्।

यसअघि आइतबार भएको पहिलो सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सडन डेथमा ६–५ गोल अन्तरले हराउँदै गण्डकी प्रदेश गोल्डकपको फाइनलमा पुगिसकेको छ।

प्रतियोगितामा विभागीय टिम र प्रदेशस्तरका टिमसहित १२ टिमको सहभागिता रहेको थियो।  प्रतियोगितामा प्रथम हुनेले ८ लाख र द्वितीय हुनेले ४ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक नन्द–भाउजू मध्यवर्ती उपभोक्ता समितिको राइनो क्लबले जनाएको छ। विश्वकै दुर्लभ एक सिंगे गैँडा संरक्षणका लागि विगत २० वर्षदेखि राइनो संरक्षण कप फुटबल प्रतियोगिता हुँदै आएको छ।