मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Monday, 31 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o फाल्गुण ६ आइतबार १७:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सम्पत्ति शुद्धीकरणमा दोषी पुरीदम्पतीलाई चार करोडभन्दा बढी जरिवाना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १७:४३:oo

सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका माओवादी केन्द्र कोशी प्रदेश कमिटीका कोषाध्यक्ष रेवतराज पुरी गगनलाई अदालतले जरिवाना ताेकेकाे छ। विशेष अदालतबाट माघ २८ मा दोषी ठहर भएका पुरीकाे सजायस्वरूप आइतबार जरिवाना ताेकिएकाे हाे।

मुद्दा दायर भएको तीन वर्षपछि विशेषका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले रेवतराज र उनकी श्रीमती केशावती पुरीलाई दोषी ठहर गरेको थियाे। उनीहरूले चार करोड रुपैयाँभन्दा बढी सम्पत्ति शुद्धीकरण गरेको अदालतको ठहर गरेको छ।

सम्पत्ति शुद्धीकरण (मनिलाउन्ड्रिङ) ऐन २०६४ को दफा ३० (१) (क) बमोजिम रेवतराज र केशावतीलाई  जनही दुई करोड एक लाख ६७ हजार ४४७ रुपैयाँ (कुल चार करोड तीन लाख ३४ हजार ८९४ रुपैयाँ) जरिवाना तोकिएको छ। सोही ऐनको दफा ३४ (१) बमोजिम आरोपपत्रमा जफत गर्न दाबी लिइएको सम्पत्तिबाट बिगोबराबरको सम्पत्ति जफत हुनेसमेत विशेषले ठहर गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रेवतराजका दम्पतीसहित ६ जनालाई प्रतिवादी बनाउँदै २१ माघ ०७७ मा मुद्दा दायर गरेको थियो। प्रतिवादीहरू मनमाया पुरी, देवकुमारी पुरी, कृष्णकुमार पुरी र संगीता पुरीले भने सफाइ पाएका छन्।