मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o फाल्गुण ६ आइतबार
  • Thursday, 16 January, 2025
२o८o फाल्गुण ६ आइतबार १४:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बक्यौता नपाएपछि सडकमा दूध पोखेर विरोधमा उत्रिए चितवनका किसान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o फाल्गुण ६ आइतबार १४:२५:oo

दूध बिक्री नभएको र बिक्री भएको दूधको पनि पैसा महिनौँसम्म नपाएपछि चितवनका किसानले  सडकमा दूध पोखेर विरोध जनाएका छन्।

जिल्लाका एक सय १५ भन्दा बढी दुग्ध सहकारी आबद्ध संस्था चितवन जिल्ला दूध उत्पादक सहकारी संघको नेतृत्वमा दूध पोखेर विरोध जनाइएको हो। संघका अध्यक्ष किशोर बगालेका अनुसार किसानहरूले प्रधानमन्त्री, संघीय तथा प्रदेश कृषिमन्त्रीलगायतका सम्बन्धित ठाउँमा पटकपटक समस्या राख्दासमेत समाधान नभएकाले आन्दोलनस्वरूप दूध पोखेको बताए।

जिल्ला प्रशासन कार्यालय चितवनमा प्ले कार्ड प्रदर्शन र नारा–जुलुससहित गएको समूहले पूर्व–पश्चिम राजमार्गअन्तर्गत केन्द्रीय बसपार्कमा दूध पोखेको हो।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव कल्याण अधिकारीका अनुसार चितवनका ४० हजारभन्दा बढी पशुपालक किसानले करिब २२ करोड रुपैयाँ भुक्तानी पाएका छैनन्।

चितवनमा उत्पादन हुने साढे तीन लाख लिटर दूधमध्ये डेढ लाख जिल्लाबाहिर खपत हुँदै आएको छ। अधिकारीका अनुसार बक्यौता माग्दा दूध उद्योगले खरिद गर्न मान्दैनन्। चितवनका केही दूध सहकारीले साउनदेखिकै भुक्तानी नपाएका उनले बताए। उनले भने, ‘सहकारीले बाध्य भएर दूध संकलन गर्न छाड्ने अवस्था आएको छ।’

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डिडिसी)सहित देशभरिका प्रायः निजी डेरी उद्योगले चितवनबाट दूध खरिद गर्दै आएका छन्।