मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ३ सोमबार
  • Monday, 15 April, 2024
२०८० फाल्गुण ३ बिहीबार १३:२८:००
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

वायु प्रदूषण बढेपछि बैंककमा ‘वर्क फ्रम होम’

Read Time : > 1 मिनेट
२०८० फाल्गुण ३ बिहीबार १३:२८:००

थाइल्यान्डको राजधानी बैंककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैंकक सहरका कर्मचारीहरलाई घरबाट काम गर्न भनिएको छ।

करिब एक करोड १० लाख जनसंख्या रहेको यस सहरमा कामदारहरूलाई प्रदूषणबाट बच्नका लागि सहरका अधिकारीहरूले कम्तीमा शुक्रबारसम्म सकेसम्म घरबाट नै आफ्नो सेवा प्रवाह गराई सहयोग गर्न त्यहाँका सरकारी अर्धसरकारी, निजी कार्यालय, संघसंस्था र रोजगारदाताहरूसँग आग्रह गरेका छन्।

वायु निगरानी गर्ने वेबसाइट आइक्यू एयरले बिहीबार बिहान बैंककलाई विश्वका १० सबैभन्दा प्रदूषित सहरको सूचीमा राखेको छ। आइक्यू एयरका अनुसार सबैभन्दा खतरनाक पिएम २.५ कणको स्तर विश्व स्वास्थ्य संगठनको वार्षिक दिशानिर्देशभन्दा १५ गुणा बढी थियो।

बैंककका गभर्नर चाडचार्ट सिटिपन्टले बुधबार अबेर राति सहरका आफ्ना सबै कर्मचारीले बिहीबार र शुक्रबार घरबाटै काम गर्ने बताएका छन् भने सहरका अन्य सेवा प्रदायी संघसंस्थाहरूलाई पनि सहयोगका लागि आग्रह गरेका छन्।

उनले भने, ‘वायु प्रदूषणका कारण ६० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । त्यसैले सरकारी कार्यालय र निजी क्षेत्र गरी करिब एक सय ५१ कम्पनी र संस्थाहरूको बिएमए नेटवर्कसँग सहयोगका लागि अनुरोध गर्दछु,’ उनले एक विज्ञप्तिमा भनेका छन्।’

चाडचार्टका अनुसार बैंककका ५० जिल्लामध्ये कम्तीमा २० जिल्लामा पिएम २.५ कणको अस्वस्थकर स्तर हुने अनुमान गरिएको छ र शान्त मौसमका कारण यो समस्या लम्बिनेछ। थाइल्यान्डमा सहर वरपरका किसानले वर्षको प्रारम्भिक महिनामा मल र न्यानोका लागि खेतबारीमा नल, पराल जलाउँदा निस्किने धुवाँले औद्योगिक उत्सर्जन र वाहनबाट निस्किने धुवाँमा हावाको गुणस्तर नियमित रूपमा घट्ने गर्छ।

राजधानी बैंकक र उत्तरी सहर च्याङ माई गत वर्ष कैयौँ दिनसम्म विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा परेका थिए। प्रदूषणका कारण थाइल्यान्डमा सन् २०२३ मा कम्तीमा २० लाख मानिसलाई उपचारको आवश्यकता परेको थियो।

गत अगस्टमा पदभार ग्रहण गरेको प्रधानमन्त्री श्रेता थाभिसिनको सरकारले वायु प्रदूषणको सामना गर्न ‘राष्ट्रिय एजेन्डा’ बनाउने वाचा गरेको थियो र उनको क्याबिनेटले गत महिना स्वच्छ वायु ऐनको मस्यौदा अनुमोदन गरेको थियो। तर, यो समस्या कायमै छ र गत महिना च्याङ माईको अदालतले सरकारलाई ९० दिनभित्र वायु प्रदूषण नियन्त्रणका लागि तत्काल योजना ल्याउन आदेश दिएको थियो। रासस